आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:४६ |सिड्नीको समय: १६:४६ |काठमाडौंको समय: १२:३१

युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा, २० प्रतिशतले निर्यात घट्यो

एएनजेड खबरअप्रिल १२, २०२४

काठमाडौं । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए ।

उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए । ‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ’, उनले भने, ‘यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।’

हस्तकला महासंघको तथ्यांक अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मंसिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको छ ।

तपाइँको प्रतिक्रिया