शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १६:४८ |सिड्नीको समय: १४:४८ |काठमाडौंको समय: १०:३३

लोकतन्त्र दिवस मनाइँदै, आम नागरिकमा निराशा कायमै

एएनजेड खबरअप्रिल २३, २०२४

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८ बर्ष पुगेको छ । १८औँ लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते यो दिवस मनाउने गरिन्छ ।

२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गर्नुपरेको थियो । त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२।६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलको चाहना अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको शक्ति र दबाबमा २०६३ साल वैशाख ११ गते पुर्नस्थापित भएको थियो । जनताको सर्वोच्च संस्था संसद पुर्नस्थापित भएको सम्मानमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

लोकतन्त्रसँगै मुलुकमा संघीयता र गणतन्त्र समेत स्थापित भइसकेको छ । यद्यपि जनताका अपेक्षा पूरा नहुँदा आम नागरिकमा भने निराशा कायमै छ ।

तपाइँको प्रतिक्रिया