शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:३७ |सिड्नीको समय: ००:३७ |काठमाडौंको समय: २०:२२

कतारी राजालाई दुईवटा हात्ती उपहार दिएर विदा गरिने

एएनजेड खबरअप्रिल २४, २०२४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमद अल थानी आज(बुधबार)आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।

राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका रुद्रकली र खगेन्द्रप्रसाद नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ । उनी अपरान्ह फर्कदैछन् ।

थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।

तपाइँको प्रतिक्रिया