शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २०:२१ |सिड्नीको समय: १८:२१ |काठमाडौंको समय: १४:०६

इलाममा आयोजित रास्वपाको चुनावी सभामा मतदाता भन्दा आगन्तुकको संख्या बढी

एएनजेड खबरअप्रिल २४, २०२४

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम सदरमुकाममा बुधबार आयोजना गरेको चुनावी सभामा स्थानीय मतदाताको संख्या भन्दा निर्वाचन क्षेत्र बाहिरका मान्छे अर्थात पर्यटककै भीड बढी देखिएको छ ।

मौन अवधीको पुर्वसन्ध्यामा आयोजना गरिएको सभामा उम्मेदवारले बाहिरबाट ओसारेका कार्यकर्ताको भीड बाक्लो देखिएपनि चुनावी गतिविधिमा स्थानीयको उपस्थिति पातलो पाईएको थियो ।

इलाम चोक बजारमा आयोजित कार्यक्रममा उम्मेदवार मिलन लिम्बुको पक्षमा माहौल बनाउन पार्टी सभापति रबि लामिछानेसहित केन्द्रिय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो भने झापा, मोरङ र पाँचथरसहित पश्चिम नेपालका जिल्लाहरुबाट कार्यकर्ताहरु इलाममा भेला भएका थिए ।

यतिमात्र हैन रास्वपा यसअघि उम्मेदवारलाई भोट माग्न आयोजना गरेका अधिकांश कार्यक्रममा वक्तादेखि सांस्कृतिक टिममा गीत गाउने र नाँच्ने कलाकार पनि काठमाडौँ र अन्य जिल्लाबाट झिकाइएको थियो । उता रास्वपाका टिम भोट माग्न झिसमिसे बिहानदेखि राति ९ः१० बजेसम्म खटिएका छन् । तर स्थानीय मतदातामा भने उतिसारो उत्साह छैन ।

तपाइँको प्रतिक्रिया