शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १९:०९ |सिड्नीको समय: १७:०९ |काठमाडौंको समय: १२:५४

कतारी राजा स्वदेश फर्किए, राष्ट्रपतिलगायतले गरे विदाइ

एएनजेड खबरअप्रिल २४, २०२४

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आएका राजा थानी बुधबार स्वदेश फर्किएका हुन् ।

नेपालमा दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरे ।

राजा थानीलाई बिदाइ गर्न राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनको बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्रीहरू पनि विमानस्थलमा पुगेका थिए ।

तपाइँको प्रतिक्रिया