शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०४:४३ |सिड्नीको समय: ०२:४३ |काठमाडौंको समय: २२:२८

एनआरएनए अभियन्ता डा.केसी र डा.शर्माविरुद्ध सर्वोच्चमा मुद्दा, मानहानीको आरोप

एएनजेड खबरअप्रिल २५, २०२४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता डा.बद्री केसी र डा. हेमराज शर्माविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । अदालतको मानहानी गरेको आरोपमा रिट दायर भएको हो ।

सर्वोच्च अदालतले केही अघि गरेको एनआरएनएसम्बन्धी फैसलालाई चुनौती दिँदै उनीहरुले अभिव्यक्ति दिएको भन्दै अधिवक्ता श्यामकृष्ण मास्केले मुद्दा दायर गरेका हुन् । उनीहरुले सर्वोच्चको फैसला वकिलको ल फर्ममा बसेर तयार गरिएको भन्दै अभिव्यक्ति दिनुका साथै फैसलाको खुलेआम विरोध गरेका थिए ।

सर्वोच्चले एनआरएनएको आधिकारिकतासम्बन्धी विनोद कुँवर पक्षका रिटमा फैसला गर्दै संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्नुका साथै २०७८माघ १ को बिन्दुबाट कामकारबाही थालेर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।

तपाइँको प्रतिक्रिया