आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:२९ |सिड्नीको समय: १९:२९ |काठमाडौंको समय: १५:१४

न्यूजिल्यान्डमा नेपालीहरुको संख्या ४१ हजार नाघ्यो, ३३ हजार सात सयलाई रेसिडेन्सी भिसा

एएनजेड खबरअप्रिल २६, २०२४

मेलबर्न । न्यूजिल्याण्डमा नेपालीहरुको संख्या बढ्दै गएको छ । हालै अपडेट भएको न्युजिल्यान्डको ईमिग्रेसनको वेभसाइटले जारी गरेको तथ्यांक अनुसार सन् २०२४ को मार्च महिनासम्म नागरिकता प्राप्त गरेका र बिभिन्न भिसामा न्युजिल्यान्डमा रहेका नेपालीहरुको संख्या ४१ हजार ३ सय ४७ पुगेको छ ।त्यस्तै न्युजिल्यान्डमा आवास भिसा (रेसिडेन्सी) प्राप्त नेपालीहरुको संख्या ३३ हजार ७ सय २१ रहेको उक्त तथ्यांकले देखाउँछ ।

न्युजिल्यान्ड ईमिग्रेसनवाट प्राप्त तथ्यांक अनुसार सन २०१९/२०२० को आर्थिक वर्ष मा १,८०६ जना नेपालीले, सन २०२०/०२१ मा ३,४१४ ले, सन २०२१/०२२ मा ३,१६५ ले, सन २०२२/०२३ मा १६,९७१ ले, र २०२३/०२४ मा १२४८ नेपालीले रेसिडेन्सी भिसा प्राप्त गरेका छन। सन २०२२/०२३ को आर्थिक वर्षमा मात्र १६,९७१ जना नेपालीले रेसिडेन्सी प्राप्त गरेका छन जुन अहिलेसम्मकै अत्यधिक संख्या हो।

सन् २०२३ अप्रिलदेखि २०२४ मार्चसम्म मात्रै श्रम भिसामा २००७ जना, विद्यार्थी भिसामा १०३८ जना, पर्यटकीय भिसामा ४५७८ जना र सिमित कामकाजी भिसामा तीन गरि जम्मा नेपालीहरुको संख्या ४१ हजार ३ सय ४७ रहेको तथ्य न्युजिल्यान्डको गृह प्रशासनले प्रष्ट पारेको छ।

सन २०२३ को मार्च महिनासम्म १५ सय २१ जना नेपालीले न्युजिल्यान्डको नागरिकता प्राप्त गरिसकेको जानकारी ३ अप्रिल २०२४ मा अपडेट भएको न्युजिल्यान्डको गृह प्रशासनको वेभसाईटले उल्लेख गरेको छ। तथ्यांकमा भुटानी नेपालीहरु र भारतको पासपोर्टमा न्युजिल्यान्ड वसोवास गर्दै आएका नेपालीहरुको तथ्यांक समावेश गरिएको छैन् ।

केही समय अघि न्यूजिल्याण्डमा अन्तर्राष्ट्रिय आप्रवासनको चाप थाम्नै नसकिने तहमा पुगेको भन्दै अब भिसामा कडाइ गरिने सरकारी अधिकारीहरूले बताएका थिए । गत वर्ष न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सनले आप्रवासन थाम्नै नसकिने तहमा पुगेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

तपाइँको प्रतिक्रिया