शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:२४ |सिड्नीको समय: १४:२४ |काठमाडौंको समय: १०:०९

सिड्नीकी गायिका श्रृंङ्गखलाको ‘भुँडे नेताज्यू’ गीत सार्वजनिक (भिडियो सहित)

एएनजेड खबरअगस्ट ४, २०२१


अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी गायिका श्रृङ्गखला जोशीले ‘भूँडे नेताज्यू’ गीत सार्वजनिक गरेकी छिन् । जोशीले बुधवार साँझ युट्युव मार्फत आफ्नो गीत सार्वजनिक गरेकी हुन् ।
नेपालको राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र बढ्दो सामाजिक अपराधिकरणप्रति तिखो ब्यंग्य प्रहार गरिएको यो गीत जोशीले पप शैलीमा गाएकी छन् ।

This image has an empty alt attribute; its file name is bhude-neeta.jpg


भ्रष्टाचार विरुद्ध अभियानकी अभियन्ता एन्जल शर्माको शब्द, जीतेन न्यौपानेको छायांकन र विनय दवाडीको संगीत रहेको यो गीतको छायांकन सिड्नीमा गरिएको छ भने गीतको म्यूजिक प्रोडक्सनको कार्य जेम्स प्रधानले गरेका छन् ।
रियालिटी सो भ्वाईस अफ नेपालदेखि विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरुमा आफ्नो स्वरको जादु भरिसकेकी जोशी नेपालमा रहँदा एक सफल मिडिया पर्सन र सामाजिक अभियन्ता पनि हुन् । देउडा सम्राट नन्दकृष्ण जोशीकी सुपुत्री जोशी विभिन्न स्टेज सोहरु मार्फत समेत आफ्नो प्रतिभा प्रस्फुटन गरिसकेकी छन् ।
प्रवासमा रहेतापनि नेपाली समाजमा भएका विकृति र विसंगतिलाई गीतमार्फत प्रस्तुत गरेको बताउँदै उनले एएनजेड खबरसँगको कुराकानीका क्रममा भनिन्,‘ यो गीतलाई पपशैलीमा प्रस्तुत गरेकी छु,गीत युवा पुस्तालाई लक्षित गरेको जस्तो देखिएपनि सबै उमेर समूहले यो गीतबाट नेपाली समाजको वर्तमान स्थितिको सजीव चित्रण पाउनेछन् ।’

तपाइँको प्रतिक्रिया