सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: २३:०८ |सिड्नीको समय: २१:०८ |काठमाडौंको समय: १६:५३

तालीवानी त्रास : मोदी सवार विमानले रुट बदल्यो, सार्क वैठक स्थगीत

एएनजेड खबरसेप्टेम्बर २३, २०२१


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार नयाँ दिल्लीबाट अमेरिकातर्फ विमानमा सवार गरिरहेका थिए ।
क्वाड शिखर वार्ता र संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी हुन न्यूयोर्कतर्फ प्रस्थान गर्दा मोदी चढेको विमानले अकाश मार्ग नै बदल्नुप¥यो ।
तालिवानी त्रासकै कारण मोदी सवार विमान अफगानिस्तानको आकाशबाट उडेन । अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवानले आफ्नो हवाई मार्गमा व्यवसायिक उडानमाथि प्रतिबन्ध लगाएको थियो ।
भारतबाट अमेरिका जाने हवाई उडान अफगानिस्तान र पाकिस्तानको आकाश भएर जान्छ । तालिवानको डरले भारतले मोदी सवार विमान उडाउन कटु सम्बन्ध भएको राष्ट्र पाकिस्तानसँग उडान अनुमति माग्नुप¥यो । अफगानिस्तानको मार्ग भएर जाँदा चाहिँ १५ घन्टामा अमेरिका पुगिनेमा पाकिस्तानको अकाशबाट जाँदा बढी समय लागेको थियो ।
भारतीय प्रधानमन्त्री मोदी अमेरीका, जापान र अष्ट्रेलियासहितको गठबन्धनमा बनेको क्वाड शिखर वार्तामा सहभागी हुन न्यूयोर्क गएका हुन् ।
सार्क बैठक स्थगित
तालिवानको आतंकले दक्षिण एशीयाली सहयोग संगठन सार्कका गतिविधिसमेत प्रभावित भएको छ ।
अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको ७६ औं महासभाका क्रममा हुने भनिएको सार्कको परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक वैठक रद्द भएको छ । अफगानिस्तान पनि सार्क सदस्य मुलुक भएकाले तालिवानी प्रतिनिधि सहभागी हुनेसक्ने संत्रासका कारण वैठक रद्द गरिएको हो ।
हाल सार्कको अध्यक्ष राष्ट्र नेपालले ९ असोजमा मन्त्रीस्तरीय वैठकको आयोजना गर्ने प्रस्ताव राखेको थियो र अफगानिस्तानबाहेकका सर्क मुलुकलाई निमन्त्रणा पनि गरेको थियो ।
अफगानिस्तानले बुधबारमात्र राष्ट्रसंघमा नयाँ राजदूत बनाएर सुहेल शाहिनलाई पठाएको छ । महासभामा बोल्न पाउनुपर्ने अफगानिस्तानको माग छ ।
तर, तालिनबान सरकारको विरोधमा रहेका भारतलगायतका सार्क मुलुक चाहिँ सार्क मन्त्रीस्तरीय वैठकमा तालीवानी प्रतिनिधि आउनसक्ने संभावनाबाट चिन्तीत थिए । समस्याको हल खोज्नुको साटो सार्क मन्त्रीस्तरीय वैठक नै रद्द गरिएको छ ।

तपाइँको प्रतिक्रिया