सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०२:१८ |सिड्नीको समय: ००:१८ |काठमाडौंको समय: २०:०३

प्रकाशमानले सभापतिमा उम्मेदवारी दिने : पुरानै नेतृत्व आए काँग्रेस प्रजापरिषदजस्तै बिलाउने चेतावनी

एएनजेड खबरसेप्टेम्बर २५, २०२१


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने भएका छन् ।


पार्टीमा आमूल परिवर्तन ल्याउन आफु पार्टीको ‘नम्बरवान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको स्ष्ट गर्दै सिंहले शनिवार उम्मेदवारी घोषणा गरेका हुन् ।


नेपाली कांग्रेस काठमाडौं महानगर पालिका–१७ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए ।
‘१४ औं महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुनेछ’, सिंहले भने ।



पार्टीलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ हुन चाहेको बताउँदै नेता सिंहले भने, ‘लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहन्छु ।’


अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई नेतृत्वमा राख्न नमिल्ने बताउँदै उनले भने, ‘अवसर पाएका बेला काम नगरेका नेताहरुकै कारण पार्टी लथालिंग अवस्थामा छ । यो लथालिंग अवस्थामा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने काँग्रेस प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन ।’


पार्टीलाई त्यस दिशामा जानबाट जोगाउन नै आफु ‘नम्बर वान म्यान’ हुने निश्कर्षमा पुगेकाृ उनले बताए ।
‘अब मै सभापति हुन्छु र काँग्रेस पार्टीलाई संस्थागत गर्छु, पार्टीमा आमूल परिवर्तन ल्याउँछु’, उनले भने ।

तपाइँको प्रतिक्रिया