शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:०३ |सिड्नीको समय: २०:०३ |काठमाडौंको समय: १५:४८

अष्ट्रेलियावासी गायक रमण रेग्मीको ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक (भिडियो)

एएनजेड खबरसेप्टेम्बर २५, २०२१


अष्ट्रेलियामा रहँदै आएका गायक रमण रेग्मीको नयाँ म्यूजिक भिडियो ‘तिमिलाई भेटेदेखि’ सार्वजनिक भएको छ ।

नायिका बेनिसा हमाल र मोडल बिकास लामिछाने फ़िचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमिलाई भेटेदेखि’मा अहिलेकी चर्चित गायिका मिलन नेवारले गायक रेग्मीलाई साथ दिएकी छिन् ।

This image has an empty alt attribute; its file name is timilai-bhetedekhi-724x1024.jpg


दुई दशकभन्दा अघिदेखि अनवरतरुपमा नेपाली आधुनिक गीतसंगीत मार्फत दर्शक श्रोतामा माझ निरन्तर छाईरहेका गायक रेग्मी आफ्नो यो नयाँ म्यूजिक भिडियोलाई दर्शकश्रोताले मन पराउनेमा निश्चिन्त छन् ।

गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ ।म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् ।

सबिना कुवर रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइँको छायांकन, बिकास धमलाको सम्पादन, कुसुम बुटिकको ड्रेस, अनिता ग्वचाको मेकअप देख्न सकिन्छ ।

इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई रिलिज भएको केही समयमै दर्शकहरुले दिएको सकारात्मक प्रतिकृयावाट निर्माण पक्ष हौसिएको छ ।

तपाइँको प्रतिक्रिया