शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:०१ |सिड्नीको समय: १४:०१ |काठमाडौंको समय: ०९:४६

विश्वकै लामो नाक अझै लम्बिदैछ

एएनजेड खबरअक्टोबर ८, २०२१
This image has an empty alt attribute; its file name is big-nose.jpg



नेपालमा कुनै गलत काम गर्दा ‘नाक काट्यो’ भन्ने चलन छ ।
टर्कीका ७१ वर्षीय मेहमेट ओजयूरेकको कुरा बेग्लै छ । उनको लामो नाक नै उनको विशेषता भएको छ । मेहमेटको नाक विश्वमै ठूलो मानिएको छ, जुन नाक अझै लम्बीदैछ ।


मेहमेटको नाक ३ दशमलव ५ इन्च छ । गिनिज बल्र्ड रेकर्डमा ११ वर्षपहिले सबैभन्दा ठूलो नाक भएको व्यक्तिमा उनको नाम दर्ज भएको थियो ।
११ वर्षपछि पनि गिनिजबुकले मेहमेटकै नाक विश्वमै लामो भएको पुनः घोषणा गरेको छ । आजसम्म उनको नाकलाई जित्ने कुनै नाक देखा परेको छैन ।


‘द मिरर’मा प्रकाशित समाचार अनुसार गिनिज बुकले टवीट मार्फत यो वर्ष पनि मेहमेटकै नाक विश्वको लामो भएको र अझ लम्बीइरहेको बताएको हो ।
हुन त इतिहासमा सबैभन्दा लामो नाक भएका व्यक्ति अरु पनि भए । बेलायतका टामस वेर्डसको नाक नै सबैभन्दा लामो थियो । १८ औं शताब्दीमा यार्कशायरमा बस्ने टामसको नाक अविश्वसनिय ढंगले बढयो र ७ दशमलव ५ इन्चसम्म पुग्यो । उनी खासमा सर्कसको घुमन्ते टोलीका सदस्य थिए, जहाँ उनी आफ्नो लामो नाक देखाएर दर्शक हँसाउथे ।


टामस कुन हदसम्म प्रख्यात थिए भने उनको लामो नाकको मैन मूर्ति बनाएर सँसारका धेरै म्युजियममा राखिएको थियो ।

तपाइँको प्रतिक्रिया