आइतबार, वैशाख १६, २०८१ |Sun Apr, 2024
अक्ल्याण्डको समय: १२:५२ |सिड्नीको समय: १०:५२ |काठमाडौंको समय: ०६:३७

अष्ट्रेलियाको भिषा पाएर पनि नेपालमै रोकिएकी अनुपामा छायो आशा

एएनजेड खबरनोभेम्बर ४, २०२१
This image has an empty alt attribute; its file name is anupa-1-1024x788.jpg


काठमाडौं । अनुपा अधिकारी त्यस्ता ३७०० विद्यार्थीमा पछ्र्रिन, जो अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि भिसा पाएर पनि नेपालमै रोकिएका छन् ।


अष्ट्रेलियाले नयाँ वर्ष २०२२ को प्रारम्भबाट क्रमशः अन्र्तराष्ट्रिय विद्यार्थी भित्रयाउने नीति लिएपछि अनुपा र उनीजस्ता विद्यार्थीमा यतिबेला केही आशा भने छाएको छ ।
सन् २०१९ मा ए लेभलको पढाई पुरा गरेपछि सन् २०२० को नोभेम्बरबाट अनुपाले अष्ट्रेलियामा पढन जाने प्रकृया थालेकी थिइन् । नेपालमा लकडाउन खुकुलो थियो र उनलाई आशा थियो कि विस्तारै अन्र्तराष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियाले पनि ढोका खोल्नेछ ।
तर, यसैविच दोश्रो लहरको जोखीम बढ्यो, अष्ट्रेलियामा प्रतिबन्धहरु कायमै रहे । फलस्वरुप भिसा पाएर पनि अष्ट्रेलियामा पढन जाने अनुपाको प्रकृया विचमै रोकियो ।


‘अनलाइनमै पढनुपर्ने अवस्था आयो, अष्ट्रेलियामा प्रत्यक्ष सहभागि भएर पढन पाइएन’, अनुपा भन्छिन्, ‘मैले अनलाइन कक्षा लिइन, किनकी म कक्षामै सहभागि भएर पढन आतुर थिएँ ।’
सिमा खुलेको भए अनुपा यतिबेला सिडनीको ‘क्राउन इन्स्टीच्यूट अफ हाइयर एजुकेशन’मा पढीरहेकी हुन्थीन् । उनको तिन वर्ष ग्याप भइसकेको छ ।


‘पढने बानी छुटयो, तिन वर्ष ग्याप भयो, जतिसक्दो चाँडो अष्ट्रेलिया गएर पढन पाए हुन्थ्यो भन्ने भइरहेको छ’, अनुपा भन्छिन् ।
अनुपालाई आशा छ, नयाँ वर्ष २०२२ को मार्चसम्म पक्कै अष्ट्रेलियाको बोर्डर खुल्नेछ । केही समययता न्यू साउथवेल्सको पहलमा अन्र्तराष्ट्रिय विद्यार्थीलाई स्वागत गर्ने योजना बन्दै गरेको खबरले अनुपा प्रशन्न छिन् ।


संघीय सरकारले पहिलो चरणमा अष्ट्रेलियन नागरिक, पिआर भएका र उनीहरुका अभिभावकलाई अष्ट्रेलिया प्रवेशमा प्राथमिकता दिने र त्यसपछि दक्ष कामदार, विद्यार्थी र पर्यटकका लागि ढोका खोल्ने योजना अघि सारेको छ । भिक्टोरिया, क्यानबेरा आदिले पनि अन्र्तराष्ट्रिय विद्यार्थी भित्रयाउने योजनाका साथ तदारुकता देखाइरहेका छन् ।


अनुपाजस्ता विद्यार्थीका लागि सुखद खबर के पनि छ भने न्यू साउथवेल्सका प्रिमियर डोमेनिक पेरोटेले यही नोभेम्बरदेखि आफ्नो राज्य अन्र्तराष्ट्रिय यात्रुका लागि खुल्ने बताएका छन् ।
‘न्यू साउथवेल्सले अन्र्तराष्ट्रिय विद्यार्थी भित्रयाउन जुन पहल गरिरहेको छ, त्यसबाट आशा पलाएको छ’, अनुपमा भन्छिन्, ‘केही गरी अष्ट्रेलिया जान पाइएन भने अनलाइन कक्षा लिने सोच बनाएकी छु’, अनुपा भन्छिन् ।


अष्ट्रेलियाले बोर्डर खोले पनि अनुपाले केही समय कुर्नुपर्नेछ । उनले बितेका एक वर्ष अनलाइन कक्षा लिइनन् । अनलाइन कक्षा लिइरहेकाहरुले प्राथमिकता पाउने भएकाले उनका लागि प्रत्यक्ष पढाइमा विलम्ब हुनेछ । तैपनि परिस्थिति सहज बन्दै जानेमा उनी आशाबादी छिन् ।


यो तिन वर्षे ग्यापलाई अनुपाले खेर जान भने दिइनन् । पुतलीसडकस्थित शैक्षिक परामर्शदाता संस्था अर्बिट इन्टरनेशनलको डेस्कमा आवद्ध भएर उनले आफुजस्ता विद्यार्थीलाई उचित परामर्श दिइरहीन् । भिसा पाएर पनि जान नपाएका अन्य बिद्यार्थीलाई आवश्यक परामर्श दिएर आस्वस्त पार्ने भूमिका पनि उनले निर्वाह गर्दै आइन् ।

तपाइँको प्रतिक्रिया