बिहीबार, वैशाख २७, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०६:४६ |सिड्नीको समय: ०४:४६ |काठमाडौंको समय: ००:३१

इलाम र बझाङमा उपनिर्वाचनका लागि मतदान धमाधम

एएनजेड खबरअप्रिल २७, २०२४

काठमाडौं । आज (शनिबार) इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि मतदान धमाधम भइरहेको छ । बझाङ–१ क मा पनि मतदान जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरेका छन् । आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ ९क० मा ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

तपाइँको प्रतिक्रिया