बुधबार, वैशाख २६, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०५:३४ |सिड्नीको समय: ०३:३४ |काठमाडौंको समय: २३:१९

दुई अर्ब ९० करोड सकियो, नौं बर्ष वित्यो तर धरहराको निर्माण सकिएन

एएनजेड खबरअप्रिल २७, २०२४

काठमाडौं । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि नौ वर्ष बितिसक्दासमेत सुन्धारास्थित धरहरा र परिसरका संरचना निर्माण अझै सकिएको छैन ।

छैटौँपटक म्याद थप्दा पनि सुन्धारास्थित धरहरा र परिसरका संरचना निर्माण अझै सकिएको छैन । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले धरहरा ढलेपछि सरकारले ०७५ मा यसको पुर्निर्माण सुरु गरेको थियो ।

पछिल्लोपटक ठेकेदार कम्पनीले गत माघमा म्याद सकिएपछि भदौसम्मका लागि म्याद थपेको हो । तर, उक्त म्यादभित्र पनि काम नसकिने निश्चित छ । ठेकेदार कम्पनीका अनुसार हालसम्म ९३ प्रतिशत भौतिक र ८३ प्रतिशत आर्थिक प्रगति भएको छ ।

ठेकेदार कम्पनी जिआइटिसी रमन जेभीका इन्जिनियर साजन अवालकाअनुसार पुर्निर्माणका क्रममा विविध अड्चन आएका कारण निर्धारित समयमा काम नसकिएको हो ।

हालसम्म संरचना निर्माणमा दुई अर्ब ९० करोड बजेट खर्च भइसकेको छ । सरकारले धरहरा पुनर्निर्माणमा करिब तीन अर्ब लाग्ने अनुमान गरेको थियो । अझै १० करोड हाराहारी खर्च हुने आकलन छ ।

तपाइँको प्रतिक्रिया