आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०३:३७ |सिड्नीको समय: ०१:३७ |काठमाडौंको समय: २१:२२

एनआरएन युथ फोरम एनएसडब्ल्यूले सिड्नीमा मनायो देउसीभैलो

एएनजेड खबरनोभेम्बर ८, २०२१
This image has an empty alt attribute; its file name is 249315657_914011639230860_2496778228749421341_n.jpg


गैर आवासिय नेपाली संघ (एनआरएन) एनएसडब्ल्यू युथ फोरमले तिहारको अवसरमा सिड्नीका विभिन्न स्थानमा देउसीभैली कार्यक्रमको आयोजना गरेको छ ।


नेपालीहरुको बाक्लो बस्ती रहेका मुख्य बजारहरु क्याम्पसीको मुलचोक किचेन, रकडेलको असनबजार, बार्डियाको ब्रुस फर्गुन्सन एभेन्यूमा स्थानिय नेपाली कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ देउसीभैलो कार्यक्रम सम्पन्न गरेको युथफोरम एनएसडब्ल्यू च्याप्टरका संयोजक विक्रम दाहालले एएनजेड खवरलाई बताए ।

This image has an empty alt attribute; its file name is 248987107_219909646880049_7670262277653064563_n-1024x768.jpg


नेपाली मौलिक पहिरनमा सजिएका कलाकारहरुले प्रस्तुत गरेको सो कार्यक्रमवाट करिव ६ हजार अष्ट्रेलियन डलर संकलन भएको र कार्यक्रममा युवादेखि बयष्कसम्मको उपस्थिति रहेको थियो । रकडेल ब्वाइजले १२ सय डलर र मुलचोक किचेनमा खेलिएको देउसीभैलोमा युवा अभियन्ता प्रतापशम्सेर रानाले ५ सय १ डलर दक्षिणा दिएको पनि संयोजक दाहालले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is 253298013_6542428132464585_475382978920828258_n-1024x768.jpg


कार्यक्रममा एनआरएन न्यूसाउथवेल्सकी सदस्य सारंगा श्रेष्ठ, युथ सदस्य सवला बस्नेत, विवेक वस्नेत, सविना बोगटी, प्रतिक्षा खड्का, रक्षा केसी, ज्यास्मीन श्रेष्ठ लगायतका कलाकारको उत्कृष्ट प्रस्तुतिले सहभागिहरुमा छुट्टै रौनकता छाएको थियो ।


पुरुषोतम गैरे र रोशन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रदीप खनाल, अदिशा न्यौपाने र हिमाल सापकोटाको दोहोरीले परदेशमा पनि आफ्नै गाउँघरको झझल्को दिलाएको सहभागिहरुले बताएका थिए ।


युथ फोरम संयोजक विक्रम दाहालले संयोजन गरेको सो कार्यक्रममा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्दु गुरुङ्ग, जनसम्पर्क समिति एनएसडब्ल्यूका संयोजक इथान शाक्य, स्टेट कोषाध्यक्ष भावना श्रेष्ठ, युवा नेता सुर्यभक्त खनाल, सुजित सिंह, प्रदीप पाठक, विपी युवा नेतृत्व विकाश मञ्चका अध्यक्ष रमेश अधिकारी, प्रवासी नेपाली एकता समाजका अध्यक्ष अजय राजवंसी, नेपाली कांग्रेसका नेता शितल खाँड गिरी, ब्यवसायी एवं एनआरएनए अभियन्ता रञ्जित वन्त, एनआरएनए एनएसडब्ल्यू सदस्य विकाश झा र निशानजंग कार्कीलगायतले देउसीभैलोमा सहभागि कलाकारहरुसंग शुभकामना आदानप्रदानमा साथ दिएका थिए ।

This image has an empty alt attribute; its file name is 253639209_6542711785769553_6529300003711870160_n-768x1024.jpg


तपाइँको प्रतिक्रिया