शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:५१ |सिड्नीको समय: १२:५१ |काठमाडौंको समय: ०८:३६

अब अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीले निर्वाध काम गर्न पाउने, २० घण्टे प्रतिवन्ध हट्यो !

एएनजेड खबरजनवरी १३, २०२२

अष्ट्रेलिया– अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ । जनवरी १२ तारिखमा सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिषामा रहेकाहरुले अब अष्ट्रेलियन नागरिक र दक्ष कामदार सरह काम गर्न पाउने भएका छन् । यसको प्रत्यक्ष फाईदा हजारौ नेपाली विद्यार्थीहरुले समेत लिन सक्नेछन् । । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी भिषावहाक माथी लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको पुष्टी गरेका हुन ।
प्रधानमन्त्री मोरिसनले भने – ‘हिजोको बैठकमै हामीले निर्णय गरिसकेका छौ, द्यार्थी भिषावालामाथी लगाएको २० घण्टे कामको प्रतिबन्ध सरकारले हटाएको छ ।’
यो निर्णय संगै अब विद्यार्थी भिषावालाले अष्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी समय काम गर्न पाउने भएको हो । यसअघि सरकारले स्वास्थ्य, एजकेयर, कृषि, सुपर मार्केट र होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र विद्यार्थीको काम गर्ने समय सिमा हटाएको थियो ।

तपाइँको प्रतिक्रिया