शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०९:४६ |सिड्नीको समय: ०७:४६ |काठमाडौंको समय: ०३:३१

टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय अदालतबाट सदर

एएनजेड खबरजनवरी १६, २०२२
This image has an empty alt attribute; its file name is tenish-joko-1.jpg

टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई अष्ट्रेलियाको एक अदालतले सदर गरेको छ ।
अब उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । भिसा रद्द गर्ने सरकारी निर्णय सदर भएसँगै २१ पटक ग्रान्ड स्लाम जितेर इतिहास रच्ने जोकोभिकको सपनासमेत चकनाचुर भएको छ ।
आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई अष्ट्रेलियाबाट स्वदेश पठाइने भएको छ ।
शुक्रबार अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिकको भिसा रद्द गरेका थिए । कोभिड–१९ खोप नलगाएका कारण जोखिम उत्पन्न भएको भन्दै उनको भिसा दोस्रो पटक रद्द गरिएको थियो ।
पहिलो पटक भिसा रद्द गर्ने सरकारको निर्णय अदालतले उल्टाएपछि हकले स्वविवेकीय अधिकारी प्रयोग गरी पुनः उनको भिसा रद्द गर्ने निर्णय गरेका हुन् ।
उनलाई स्वदेश पठाउनुपूर्व मेलबर्नस्थित अध्यागमनको हिरासत गृहमा राखिने छ । प्रायः स्वदेश फिर्ता गर्ने आदेशपछि कुनै पनि व्यक्ति तीन वर्षसम्म अष्ट्रेलिया प्रवेश गर्न पाउँदैनन् ।

तपाइँको प्रतिक्रिया