शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०९:५१ |सिड्नीको समय: ०७:५१ |काठमाडौंको समय: ०३:३६

अष्ट्रेलियन सरकारद्धारा ८ हप्ताभित्र आउने विद्यार्थीको भिषा शुल्क फिर्ता दिने घोषणा

एएनजेड खबरजनवरी १९, २०२२

अष्ट्रेलिया – अष्ट्रेलियन सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने भएको छ ।
अष्ट्रेलिया प्रधानमन्त्री स्कट मोरिसनले मन्त्रीपरिषद बैठकको निर्णय सुनाउदै धन्यवाद स्वरुप विदेशी विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरिएको बताए ।
जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया प्रवेश गर्ने विदेशी विद्यार्थीलाई अध्यागमन विभागले शुल्क फिर्ता गर्ने बताइएको छ । यो सुविधाले नेपाली विद्यार्थीहरुको लागि ठुलो राहत हुनेछ ।

प्रधामन्त्रीका अनुसार हाल १ लाख ५० हजार विद्यँर्थी भिषा लगाएर बसेका छन् । उनीहरु छिट्टै अष्ट्रेलिया आउन भनेर भिषा शुल्क फिर्ता दिन लागिएको प्रधानमन्त्री मोरिसनले जानकारी दिए । भिषा शुल्क वापत विद्यार्थीले ६ सय ३० डलर तिर्ने गरेका छन् । कोरोनाका कारण अष्ट्रेलियामा कामदारको चरम अभाव भएको छ ।
यसअघि सरकारले विद्यार्थी भिषावहाकलाई काम गर्ने समयमा लाग्ने प्रतिबन्ध हटाइसकेको छ । विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो ।

तपाइँको प्रतिक्रिया