शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०९:११ |सिड्नीको समय: ०७:११ |काठमाडौंको समय: ०२:५६

अस्ट्रेलियाभर ओमिक्रन संक्रमणबाट ५६ जनाको मृत्यु, ओमिक्रन लहर उचाइमा पुग्यो – स्वास्थ्य मन्त्री

एएनजेड खबरजनवरी २४, २०२२

अस्ट्रेलिया – कोभिड–१९ को अस्ट्रेलियाभर ओमिक्रन सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको छ । सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले मुख्य हटस्पटहरूमा ओमिक्रन उचाइमा पुगेको बताएका छन्।
आज देखि लागु हुने गरी भेटरन, कम आय भएका र पेन्सनरहरु सहित करिब ६० लाख मानिसले तिन महिनाको अवधिमा १० वटा द्रुत गतिको कोभिड–१९ परीक्षण किट निःशुल्क प्राप्त गर्नेछन्।
बजारमा परीक्षण किट अभाव देखिदा सङ्घीय सरकारले र्‍याट किटका बारेमा प्रश्नको सामना गर्नु परिराखेको छ, स्वास्थ्य मन्त्रीका अनुसार अहिले र जुलाइको अन्त्यका बिच १ करोड ६० लाख र्‍याट टेस्ट किट अस्ट्रेलिया भित्रने अपेक्षा गरिएको छ।
नोभाभ्याक्स खोपले अस्ट्रेलियामा वयस्कहरूका लागि प्रयोगका लागि अनुमति प्राप्त गरेको छ। फेब्रुअरी २१ तारिखबाट यसलाई लगाउन सुरु गरिने भएको छ। तिन हप्ताको फरक गरी खोपका दुई डोज दिन सकिने बताइएको छ।
सङ्क्रमणका कारण न्यु साउथ वेल्सका अस्पतालमा भर्ना हुनेको सङ्ख्यामा उच्च वृद्धि देखिएको छ। हाल राज्यका अस्पतालमा २,८१६ जना मानिसहरू भर्ना भएका छन्।
भिक्टोरियाका अस्पतालमा उपचार गराउनेको सङ्ख्या झरेर ९९८ पुगेको छ आइतबार यो सङ्ख्या १,००२ थियो।
क्वीन्सल्याण्डमा भने उपचार गराउनेको सङ्ख्या यथावतै अर्थात् ८६३ रहेको छ।
क्वीन्सल्याण्डले यसै हप्ता बिद्यालयका बारेमा आफ्नो योजना सार्वजनिक गर्ने भएको छ, आज देखि लागु हुने गरी राज्यका बासिन्दाले दोस्रो खोप लगाएको तिन महिना पछि तेस्रो बुस्टर डोज लगाउन सक्नेछन्।

तपाइँको प्रतिक्रिया