शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:३० |सिड्नीको समय: १०:३० |काठमाडौंको समय: ०६:१५

सहुलियत कार्ड भएकाहरूले ऱ्यापिड एन्टीजेन परीक्षण किट निःशुल्क पाउने

एएनजेड खबरजनवरी २७, २०२२

अष्ट्रेलिया– देशभरका ६० लाख भन्दा बढी सहुलियत कार्ड भएका मानिसले योजनामा सरिक औषधि पसलहरू मार्फत निःशुल्क रूपमा १० वटा द्रुत परीक्षण किट (ऱ्याट) प्राप्त गर्न भएका छन्। योग्य व्यक्तिले सामुदायिक फार्मेसीहरू मार्फत तीन महिनाको अवधिमा १० वटा परीक्षण किट प्राप्त गर्न सक्नेछन्। (एक महिनाको अवधिमा पाँच भन्दा बढी पाइनेछैन) ।

निम्न सहुलियत कार्ड भएका मानिसले २४ जनवरी देखि ऱ्याट किट प्राप्त गर्न सक्नेछन्

  • कमनवेल्थ सिनियर हेल्थ कार्ड
  • भेटरन– गोल्ड, ह्वाईट अथवा अरेन्ज कार्ड
  • हेल्थ केयर कार्ड
  • लो इन्कल हेल्थ केयर कार्ड
  • पेन्सनर कन्सेसन कार्ड

योग्य कार्ड वाहकहरूले सहभागी सामुदायिक औषधि पसलहरु मार्फत व्यक्तिगत रूपमा उपस्थित भई आफ्नो सहुलियत कार्ड देखाउनु पर्नेछ।

यसैगरी किट लिन पुगेकाहरूले आफ्नो कार्डमा भएका जानकारी औषधि पसललाई जाँच गर्न र तथ्याङ्क राख्नका लागि अनुमति प्रदान गर्नु पर्नेछ। औषधि पसलले विवरण जाँच र यस अघि किट प्राप्त गरे/नगरेको पुष्टि गर्नेछन्। औषधि पसलले उपलब्ध भएसम्म कम्तीमा दुई परिक्षण किट कार्डवाहकलाई प्रदान गर्नेछन्।

एक पटकमा अधिकतम पाँच वटा किट माग गर्न सकिनेछ। राष्ट्रिय मन्त्रीपरिषद्को बैठक अनुसार औषधि पसलहरूलाई सरकारले कर बाहेक एक परीक्षण किट बराबर १० डलर र अतिरिक्त ४ डलर ३० सेन्ट प्रशासनिक खर्चका रूपमा उपलब्ध गराउनेछ।

औषधि पसलहरूले परीक्षण किटको जोहो भने आफैले गर्नु बताइएको छ।

तपाइँको प्रतिक्रिया