शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:५० |सिड्नीको समय: १०:५० |काठमाडौंको समय: ०६:३५

अस्ट्रेलियामा कोभिड – १९ बाट अहिलेसम्मकै धेरै ९३ जनाको मृत्यु

एएनजेड खबरजनवरी २८, २०२२

अस्ट्रेलिया -अस्ट्रेलिया पछिल्लो २४ घण्टामा पहिलो पटक कोरोनाभाइरसका कारण ९३ जनाको ज्यान गएको छ।  पछिल्लो समय न्यु साउथ वेल्समा १३,३३३ सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु र २,७३७ जना अस्पतालमा छन् जस मध्य १८९ जना आइसियुमा रहेका छन्। 

भिक्टोरियामा १२,७५५ नयाँ सङ्क्रमण, ३९ जनाको मृत्यु, ९८८ अस्पताल भर्ना जस मध्य ११४ जनाको आइसियुमा उपचार भइरहेको छ।

क्वीन्सल्यान्डमा ९,९७४ नयाँ सङ्क्रमण, १८ जनाको मृत्यु र ८१८ जना अस्पतालमा छन् जस मध्य ५४ जना आइसियुमा छन्। 

टास्मेनियामा ५८४ नयाँ सङ्क्रमित पुष्टि भएका छन् र यो जनवरी ३ देखि राज्यको सबै भन्दा कम २४ घन्टे सङ्क्रमण सङ्ख्या हो। १९ जना अस्पतालमा छन् जस मध्य १ जनाको आइसियुमा उपचार भइरहेको छ। 

तपाइँको प्रतिक्रिया