शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ११:५१ |सिड्नीको समय: ०९:५१ |काठमाडौंको समय: ०५:३६

अस्ट्रेलियाका विभिन्न राज्यहरूमा विद्यालयहरू पुनः खोल्ने तयारी

एएनजेड खबरजनवरी २८, २०२२

अस्ट्रेलिया – अस्ट्रेलियाका विभिन्न राज्यहरूमा विद्यालयहरू पुनः खोल्ने तयारी गरिएको छ। न्यु साउथ वेल्समा आउँदो हप्तादेखि खोलिने सबै विद्यालयहरूमा पर्याप्त र्यापिड एन्टिजेन परीक्षणहरू छन् र नयाँ बस तथा ट्रेन सेवाहरू सञ्चालन गर्ने घोषणा गरिएको छ।
त्यसैगरी भिक्टोरियामा राज्य, क्याथलिक र इन्डिपेन्डेन्ट विद्यालयहरूका लागि २० लाख र्याट किट दिइएको छ। विद्यालय सुरु हुनु भन्दा अघि थप ६० लाख वटा किटहरू वितरण गरिने बताइएको छ।
क्वीन्सल्यान्डमा भने अभिभावकहरू विद्यालय पुनः खोल्ने राज्यको योजनाको पर्खाइमा रहेका छन्।

तपाइँको प्रतिक्रिया