शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: ०१:०९ |सिड्नीको समय: २३:०९ |काठमाडौंको समय: १८:५४

नेपालको जूनकीरी बनेका कोरियन प्रहरी र नेपाली युवाको कथा !

एएनजेड खबरमार्च १३, २०२२


सामान्य किसान परिवारमा जन्मनुभएका दिपक बन्जारालाई घर व्यवहार धान्नु देखि औपचारिक शिक्षा प्राप्त गर्नु चुनौतिपूर्ण थियो।

दिउँसो काम पनि गर्न पाइने बेलुकीको खाली समयमा शिक्षा हासिल गर्न बाधा पनि नहुने देखि संघर्ष गरेर नै अगाडि बढ्न सकिन्छ भन्ने बुझेका लगनशील,मेहनती कर्तव्यनिष्ठ दिपक बन्जाराले काठमाडौंको नन्दी रात्री माध्यमिक विद्यालयबाट माध्यमिक औपचारिक शिक्षा पुरा गर्नुभयो।

विद्यालय पढ्दा देखि नै देश विकासको लागि इँटा थप्न उत्सुक उहाँमा केहि गर्नु पर्छ भन्ने भावना भएता पनि विविध कारणले काम र मामको खोजिमा समुन्द्र पारिको देश कोरिया पुग्नु परेता पनि उहाँमा देशको मायाले झक्झकाई रहन्थ्यो।

उहाँ कोरिया पुगिसकेपछि काम गर्ने सिलसिलामा कोरियामा सामाजिक काममा संलग्न साथीहरुको सम्पर्कमा पुग्नुभयो र क्याङ्गिदो प्रहरी कार्यालयमा कार्यरत रहनु भएका #योङ_पिल_यो र दिपक बञ्जारा गरी दुई जनाको सहकार्यमा सन् २०१९ मा २२ जना कोरियन परिवारको टिम निर्माण गरी नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले जूनकीरी नामक फन्ड तयार भयो।

This image has an empty alt attribute; its file name is jha-1024x768.jpg

उहाँ जूनकीरी संस्थाको co-founder को रुपमा प्रतिनिधित्व गर्दै नेपालको विभिन्न क्षेत्रमा जुनकिरीको सहयोगमा भएका सम्पूर्ण कामको जिम्मेवारी लिएर अगाडि बढिरहनु भएको छ I

वैधानिक रुपमा कोरियाको कानुन अनुसार जूनकीरी फन्ड(반딧불) गैह्र नाफामुलक संस्था दर्ता गरी आर्थिक सहयोग जम्मा गरिरहेको छ, यसमा स्वयम् सेवकहरु द्वारा स्वैच्छिक सहयोगले गर्नु भएको रकम जम्मा हुने गर्दछ।

यस फन्ड मार्फत ठूलो योजना नरहेता पनि जुन बेला कोरियाली भूमि अन्धकारमा थियो त्यस समय जूनकीरीलाई सिसाको बोटलमा राखी जुनकिरीको उज्यालोबाट अध्ययन गरेर आज विश्व सामु उसको छुट्टै पहिचान छ, केही सपना केही आशा अनि भरोसा बोकेर सानो सहयोगले थोरै भएपनि उज्यालो बाँड्ने कार्यमा कोरियाली परिवार साथै नेपाली दाजुभाई दिदीबहिनीहरु पनि यस फन्डमा आवद्ध हुनुहुन्छ, जो स्वैच्छिक जोडिरहनु भएको छ, यस फण्डमा कोरिया, नेपालमात्र नभएर बंगलादेश, भेियतनाम, थाइल्याण्ड चाइना,गरी सात राष्ट्रका नागरिकहरुको सहयोग जुटिरहेको जानकारी गराउनुभयो।

जूनकीरी फाउन्डेसनको उद्देश्य नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने मात्र नभई दक्षिण एसियामा रहेका अन्य देशहरूमा पनि शैक्षिक सामग्री हस्तान्तरण गर्ने योजना रहेको छ। सन् २०१९ देखि जूनकीरी फाउन्डेसन मार्फत नेपालको विभिन्न स्थानहरूमा शैक्षिक सामग्री वितरण कार्य सुरुवात् सँगै २०२२ सम्म आउँदा ३ वर्षको अवधिमा नेपालको सातै वटा प्रदेशहरूमा शैक्षिक सामग्री वितरण कार्य पूरा गरेको छ।

This image has an empty alt attribute; its file name is 275251904_379144363729574_5991042783911422362_n.jpg

नेपाल भित्रको शैक्षिक क्षेत्र सँगै कोरियाली बसाइलाई सुरक्षित गर्न पनि जूनकीरी टिमको उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ। साप्ताहिक भोलेन्टियर, खेतीपाती, घुमफिर, साप्ताहिक सामूहिक साइक्लिङ, जनचेतना मुलक कार्यक्रम गरी प्रवासी भूमिमा रहेका नेपाली दाजु भाई दिदी बहिनीहरूलाई सुसूचित गर्ने कुरामा पनि उत्तिकै भूमिका निर्वाह गरिरहेको छ ,स्वस्थ समाज निर्माण गरी सुरक्षित बसाइको तयारी गर्न निरन्तर लागि रहेको कुरा जानकारी गराउनुभयो।

जसरी जुनकिरी संस्थाले कोरियाको ग्रामीण भेगमा सबैले स्वयं सेवकको रुपमा केही गरौं भन्ने भावनाले कोरिया,नेपाल लगायत अन्य मूलुकमा समाज विकासका टेवा पुगेको छ । त्यसैगरी नेपालमा पनि यसबाट सकिएको पाठलाई गाउँ गाउँ टोल टोलमा रहेका विद्यालयका विद्यार्थीदेखि समाज सेवाको भवनमा राख्ने सचेत वर्गले लागु गर्नुपर्ने अरुले के भन्लान् या अरुले नै गर्लान् भन्ने होइन हामीले आ-आफ्नो ठाउँबाट समाज सुधार ,विकासको काममा लाग्न सकिने जसको लागि हामी कोरियाका अनुभव अभ्यास बाँड्न हातमा हात मिलाएर अगाडि बढ्न प्रयत्नरत हुने प्रतिबद्धता यस एएनजेड अनलाइन मार्फत जानकारी गराउनुभयो।

तपाइँको प्रतिक्रिया