शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: ०१:१५ |सिड्नीको समय: २३:१५ |काठमाडौंको समय: १९:००

जनसम्पर्क अष्ट्रेलियाको शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न !! (फोटो फिचर)

एएनजेड खबरअक्टोबर ४, २०२२

एकदशक लामो आन्तरिक बिबादवाट निकास पाएर एकढिक्का भएको जनसम्पर्क समिति अष्ट्रेलियाले हिन्दुहरूको महान चाड नजिकिदै गर्दा शुभकामना आदान प्रदान कार्यक्रम सहितको बार्बिक्यू कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।


जनसम्पर्क समिति न्यू साउथवेल्स अष्ट्रेलियाले गत अक्टोबर २ तारिख आईतवार सिड्नीमा अायोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागिहरूले दशैको शुभकामना व्यक्त गर्नुको अलावा लामो समयपछि अष्ट्रेलियाको कांग्रेस एक ढिक्का भएकोले खुसी पनि व्यक्त गरे ।
अष्ट्रेलियामा जनसम्पर्क समितिका संस्थापकहरू दिनेशराज जोशी, प्रतिज्ञा अधिकारी देखि हालका अध्यक्ष सुरेश गुरूंग र इथान(थानु) साक्य समेत प्रवासका कांग्रेसी एक भएकोमा खुसी साटासाटमा व्यस्त थिए ।


कार्यक्रममा एनआरएन अष्ट्रेलिया अध्यक्ष नन्दु गुरूंग, उपाध्यक्ष देव गुरूंग, बरिष्ठ पत्रकार हेमन्त काफ्ले, एनएडिएफ पूर्व अध्यक्ष विवेक थापा, पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा, उपाध्यक्ष छवि सापकोटा, एनआरएन आईसीसी सदस्य बुद्धि डल्लाकोटी, एनआरएनए रिजनल कोअर्डिनेटर दिनेश जोशी, पूर्व रिजनल डेपुटी कोअर्डिनेटर महेन्द्र लम्साल,एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, चितवन जिल्ला पूर्व सभापति विकास कोईराला, युवा समाजसेवी सन्दिप अधिकारी, जनसम्पर्क समितिका नेता कञ्चन पोखरेल, नयाँका अध्यक्ष निजन चौलागाईँ, कार्यक्रमका सभापति सितल खाड लगायतले दशैँको शुभकामना सहित जनसम्पर्क समितिको भूमिकाको प्रसंसा मन्तब्य राखेका थिए l



स्मरण रहोस् करिव १ दशकदेखि आन्तरिक कलहका कारण बिवादको चरमचुलीमा रहदै आएको जनसम्पर्क समितिमा सुरेश गुरूंगको नेतृत्वमा नया कार्यसमिति चयन भएसंगै मत्थर भएको थियो । गुरूंगको नेतृत्वलाई सवैले स्विकारेपनि अन्य पद र राज्य समितिहरूमा बिवाद कायमै रहेको अवस्था थियो । एनएडिएफको निम्तोमा अष्ट्रेलिया भ्रमणमा आईपुगेका कांग्रेस उपसभापति धनराज गुरूंग र सहमहामन्त्री बद्री पाण्डे लगायत केन्द्रिय नेताको अग्रसरता र अध्यक्ष गुरूंगको पहलमा संस्थापन र असन्तुष्ट पक्ष सवैलाई समेटेर नया समिति बनाईएपछि लामो समय देखिको विवादले निकास पाएको थियो ।

तपाइँको प्रतिक्रिया