सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ००:२० |सिड्नीको समय: २२:२० |काठमाडौंको समय: १८:०५

अष्ट्रेलियामा लक्ष्मीपूजा मंगलबार गर्नु उत्तम

एएनजेड खबरअक्टोबर २३, २०२२

अष्ट्रेलियामा अक्टोबर २५ मंगलबार लक्ष्मीपूजा गरिनु उपयुक्त साईत रहने भएको छ ।

नेपाली हिन्दु समाज अष्ट्रेलियाले लक्ष्मीपूजा र भाइटीकाको साइत सार्वजनिक गर्दै तिथिको थपघटले लक्ष्मीपूजा अक्टोबर २५ साँझ गर्नु उत्तम हुने जानकारी दिएको हो ।

नेपालमा लक्ष्मीपूजा २४ तारेख अर्थात कार्तिक ७ गते गरिनेछ। ज्योतिष शास्त्रका अनुसार लक्ष्मीपूजा मध्य रातमा र सन्ध्याकालमा गर्नुपर्ने हुन्छ।

अष्ट्रेलियामा कार्तिक ७ गते सोमबार वा अक्टोबर २४ मा लक्ष्मीपूजा गर्न मध्यरात अर्थात राति साँढे ११ बजेपछि मात्रै गर्नु उत्तम हुने बताइएको छ।

नेपाल र भारतमा मात्रै ग्रहणको प्रभाव पर्ने भएकाले अष्ट्रेलियामा खण्डग्रास सूर्यग्रहणको सुतक बार्नुनपर्ने बताइएको छ।

तिथिको थपघटले लक्ष्मीपूजा एकदिनपछि सारिएको भएपनि भाइटीकाको साइत भने नेपाल र अष्ट्रेलियामा एकैदिन रहेको छ ।

तपाइँको प्रतिक्रिया