शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:५७ |सिड्नीको समय: १७:५७ |काठमाडौंको समय: १३:४२

एन्जाका दुई पूर्व अध्यक्षले नै पाउने भए एन्जाकै पत्रकारिता पुरस्कार

एएनजेड खबरअप्रिल २९, २०२३

अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसियसन (एन्जा)का संस्थापक अध्यक्ष हेमन्त काफ्ले र निवर्तमान अध्यक्ष ऋषि आचार्यले एन्जाले पहिलो पटक घोषणा गरेको टिका कार्की स्मृति पत्रकारिता पुरस्कार संयुक्त रूपमा पाउने भएका छन् ।


करिव ६ महिना अघि तत्कालिन अध्यक्ष ऋषि आचार्यको कार्यसमितिले चयन गरेको तिन सदस्यीय छनौट समितिले संस्थाका संस्थापक अध्यक्ष काफ्ले र तत्कालिन अध्यक्ष आचार्यलाई संयुक्त रूपमा पुरस्कार दिन सिफारिस गरेको थियो । तर विविध कारणले रोकिदै आएको पुरस्कार घोषणा र वितरणको कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिड्नीमा आगामी मे ५ मा आयोजना गरिने अन्तरकृया कार्यक्रमकै विच प्रदान गरिन लागेको एन्जाले जनाएको छ ।


पुरस्कृत हुने पत्रकारद्वय अष्ट्रेलिका नेपाली माझ परिचित अनुहार हुन् । करिव तिन दशकदेखि मुलधारको नेपाली पत्रकारितामा जमेर हाल अष्ट्रेलियालाई कर्मथलो बनाएका वरिष्ठ पत्रकार काफ्ले सेतोपाटी अनलाईन अष्ट्रेलिया प्रतिनिधि हुन् भने आचार्य दशक अघिदेखि अष्ट्रेलियाको छापा, रेडियो र अनलाईन पत्रकारितामा सकृय रहदै पछिल्लो समय सफल व्यवसायी एवं सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् ।
एक हजार डलर राशीको टिका कार्की स्मृति पुरस्कार राशीका लागि युवा व्यवसायी एवं एनआरएनए अभियन्ता डिला खरेलको इनोभेटिभ एसोसियट्स तथा व्यवसायी राज खनालले जनही ५ सय डलर अक्षयकोषका लागि सहयोग गर्ने यस अघि नै घोषणा गरिसकेका छन् ।
त्यस्तै कार्यक्रमलाई ब्राईटन कलेज, एनआरएन अष्ट्रेलिया, एक्सपर्ट एजुकेशन, एविसी ग्लोबल, अस स्टडिज, ईन्ट्याक्ट माईग्रेसन सर्भिसेज र केविए ग्लोबल लगायतले आर्थिक सहयोग गरेका छन् ।
आगामी मे ५ मा सिड्नीको ग्रान्भिलमा आयोजना हुने कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाश पोखरेल,एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्दु गुरूंग लगायतको उपस्थिति रहनेछ ।
एन्जा अष्ट्रेलियाका अध्यक्ष चिरञ्जीवी देवकोटाले कार्यक्रममा सबैलाई निम्तो पठाइसकिएको र सबैको सहभागिताका लागि आह्वान गरेका छन् ।

तपाइँको प्रतिक्रिया