शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:३८ |सिड्नीको समय: २०:३८ |काठमाडौंको समय: १६:२३

हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु !

एएनजेड खबरमे ५, २०२३

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको हो ।

माथिल्लो अरुण हाइड्रो पावरको सामान लैजाँदै गर्दा भोटखोला – वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सबैलाई उद्दार गरी काठमाडौं ल्याइएको छ।

तपाइँको प्रतिक्रिया