शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:३४ |सिड्नीको समय: २०:३४ |काठमाडौंको समय: १६:१९

अष्ट्रेलियामा ठुलो परिमाणमा हेरोइन आयात गरेको आरोपमा एक व्यक्ति पक्राउ

एएनजेड खबरमे २८, २०२३

अष्ट्रेलियामा ठुलो परिमाणमा लागू औषध हेरोइन आयात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । एएफपी पूर्वी कमान्डरको अपरेसन गेनको सहयोगमा उनलाई सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। 

टर्की प्रहरीले गत जनवरीमा पक्राउ गरेका एक ३५ वर्षीय युवालाई मे २७ मा अष्ट्रेलियालाई बुझाएको थियो। उनलाई टर्की प्रहरीले  सुपुर्दगी गरिएसँगै अर्का सिड्नीका अर्का व्यक्ति समातिएका हुन्। अष्ट्रेलियाली सीमा बल र एनएसडब्लु प्रहरीको संयुक्त अप्रेसनमा  उनी पक्राउ परेका हुन 

पक्राउ परेका अभियुक्तले सन् २०२० मार्च देखी प्रतिबन्धित लागू औषधको अन्तरदेशिय कारोबार गर्दै आएको अष्ट्रेलियाको सङ्घीय प्रहरीले बताएको छ । सन् २०२० को डिसेम्बरमै सिड्नीमा ३४७ दशमलव ९ किलोग्राम हेरोइन आयात हुँदा उनै आरोपितले थाइल्यण्डमा बसेर अन्तर्राष्ट्रिय गिरोहलाई सहयोग गरेको प्रहरीको दाबी छ । 

लागू औसध आरोपमा पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहहरूसँग सम्बन्धित रहेको बताइएको छ ।। एएफपीको अपरेसन गेनले टर्कीस्थित एएफपी अन्तर्राष्ट्रिय पोस्ट मार्फत पक्राउ गरेर सुपुर्दगी गरिएका अभियुक्तलाई अदालतमा उपस्थित गराइदैछ । उनको पारामाटा स्थानीय अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

तपाइँको प्रतिक्रिया