शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ००:४२ |सिड्नीको समय: २२:४२ |काठमाडौंको समय: १८:२७

एनआरएनको निम्तोमा ज्ञानेन्द्र र करिष्मा सिड्नी आउदै,शनिवार सिड्नीमा च्यारिटी कार्यक्रम

एएनजेड खबरजुन १३, २०२३


 गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाले आगामी शनिवार सिड्नीमा “सबैको लागी शिक्षा” भन्ने मूल नाराका साथ  EDUCATION FOR ALL CHARITY NIGHT २०२३को आयोजना गर्ने भएको छ।  नेपालका ग्रामीण भेगमा रहेका विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले यही शनिवार  जुन १७ तारिखका रकडेल स्थित इन्द्रेणी फंग्सन सेन्टरमा उक्त च्यारिटी कार्यक्रम हुने भएको हो। 
उक्त कार्यक्रमका लागि पछिल्लो समय चर्चामा रहेका सांसद ज्ञानेद्रबहादुर शाही र नेपाली चलचित्र क्षेत्रकी सुपरस्टार नायिका करिश्मा मानन्धर कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आउने एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

 एनआरएनए आईसीसीले सन् २०१९ देखि सामाजिक कार्य गर्ने उद्देश्यले सात प्रदेशमा सात वटा विद्यालयलाई सहयोग गर्न सुरु गरेको परियोजनाको सहयोगी योजनाका रूपमा यो च्यारिटी कार्यक्रम गर्न लागिएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एएन्डजेड खबरलाई  बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाकी अन्तर्राष्ट्रिय समन्वयन समितिकी अध्यक्ष रविना थापाको पनि उपस्थिति हुने बताइएको छ। यस सामाजिक कार्यलाई सफल बनाउन अष्ट्रेलियामा रहेका विभिन्न सङ्घ संस्थाले सहयोग गरेको र  एनआरएनए अष्ट्रेलियाले राखेको लक्ष अनुरूप रकम सङ्कलन गर्न सफल हुने  एनआरएन अष्ट्रेलियाका अध्यक्ष गुरुङले जानकारी दिए। 

अध्यक्ष गुरुङले आफ्नो कार्यकाल सकिन लाग्दा हुन लागेको यस कार्यक्रम आफ्नो कार्यकालको महत्त्वपूर्ण योजनाको रूपमा आफूले लिएको  पनि बताए। 

यस कार्यक्रमलाई लिएर सामाजिक सन्जालमा विभिन्न टिका टिप्पणी पनि हुन थालेका छन्। विशुद्ध सामाजिक कामको लागी आयोजना हुन लागेको यस कार्यक्रममा ज्ञानेन्द्र शाही जस्ता राजनीतिक व्यक्तित्वको सहभागितालाई लिएर मत भिन्नता देखिएको हो। यस सन्दर्भमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष गुरुङले यो कुनै राजनीतिक मनसायले आयोजना गरिएको कार्यक्रम नभएर यसलाई सामाजिक तथा सबैलाई सम भावका साथ हेरिएर गरेको कार्यक्रम भएको बताएका छन् । उनले यस कार्यक्रमलाई कुनै राजनीतिक रङ्ग नदिएर परोपकारी कार्यको हिसाबले बुझेर साथ सहयोग गरिदिन सबैमा आग्रह समेत गरेका छन्। 

एनआरएनए अष्ट्रेलियाले उक्त कार्यक्रममा विभिन्न कलाकार तथा राजनीतिक व्यक्तित्वहरूलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा मोडल डा. त्रिशला गुरुङ, नेपाल आइडलबाट चर्चामा रहेकी गायिका सन्ध्या जोशी, नेपाल आइडल कै अर्का गायक आदेश पौडेलको पनि सहभागिता रहने छ।

तपाइँको प्रतिक्रिया