शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:०१ |सिड्नीको समय: १८:०१ |काठमाडौंको समय: १३:४६

अमेरिकाको रिचमण्डमा गोली चल्दा २ जनाको मृत्यु ७ जना घाइते !

एएनजेड खबरजुन ७, २०२३

अमेरिकाको भर्जिनिया राज्यको राजधानी रिचमण्डमा भएको उच्च माध्यमिक विद्यालयको स्नातक समारोह बाहिर गोली चल्दा २ जनाको मृत्यु भएको छ । सो घटनामा गोली लागी अन्य  ७ जना घाइते भएका छन् । 

द न्यूयोर्क टाइम्सका अनुसार मङ्गलवार साँझ सवा ५ बजे अल्‍ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिचमन्डका प्रहरी प्रमुख रिक एडवार्ड्सले अन्धाधुन्ध चलेको गोली लागेर सात जना घाइते भएका र तीमध्ये तीनको अवस्था गम्भीर रहेको बताएका छन्।

उनका अनुसार गोली चलेको समयमा प्रहरीहरू दीक्षान्त समारोहस्थलमा थिए। गोली चलेको आवाज सुनिनासाथ घटनास्थल पुगेर दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताएका छन्।

अन्धाधुन्ध गोली चलेपछि भागदौड हुँदा दर्जनौं घाइते भएका छन्। भागदौडको  क्रममा एक व्यक्तिलाई कारले ठक्कर दिएर घाइते बनाएको छ। 

घाइतेहरूको प्राथमिक उपचारका लागि तत्कालै स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेका थिए। उनीहरूले घाइतेलाई सिपिआर दिइरहेका दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तपाइँको प्रतिक्रिया