शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:०२ |सिड्नीको समय: १७:०२ |काठमाडौंको समय: १२:४७

अष्ट्रेलियामा नोबेल ७ ए साइड फुटबल प्रतियोगिता हुने 

एएनजेड खबरजुन ७, २०२३

अष्ट्रेलियाको मेलबर्नले नोबेल ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।युनाइटेड फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी जुन १० र ११ गने मेलबर्नको एलिट फुटबल ट्रेनिङ फ्यासिलिटीमा हुन लागेको हो।

उक्त ७ ए साइड फुटबल प्रतियोगितामा १० टिमले  सहभागिता जनाउने आयोजकले बताएको छ। आयोजकका अनुसार हालसम्म प्रतियोगिताको लागी १० टिमले नाम दर्ता गराइसकेका छन्। 

सहभागी टोलीहरूमा  युनाइटेड एफसी मेलबोर्न (एलो), युनाइटेड एफसी मेलबोर्न (ओरेन्ज), हिमालय टाइगल फुटबल क्लब, रोयल फुटबल क्लब, रोयल वेस्टर्न क्लब, क्रेजीबर्न ब्रिगेड एससी,चन्द्र सूर्य फुटबल क्लब, हिमालयन फुटबल क्लब, कालिका फुटबल क्लब र इस्टर्न वारियर्स फुटबल क्लब रहेका छन्।

 उक्त प्रतियोगितामा पहिलो हुनेले ३५ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले २ हजार अष्ट्रेलियन डलर ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। यस्तै प्रतियोगिताको  उत्कृष्ट खेलाडीले, म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर र प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ।

 क्लबले ७ ‘ए’ साइड फुटबल प्रतियोगिता गर्दै आएको छ। ‘नोबेल ७ ए साइड फुटबल प्रतियोगिता २०२३’ आठौँ संस्करण हो।

तपाइँको प्रतिक्रिया