शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:४५ |सिड्नीको समय: १९:४५ |काठमाडौंको समय: १५:३०

एनआरएन अष्ट्रेलियामा १९ हजार १ सय २ सदस्य, कुन राज्यमा कति

एएनजेड खबरजुन २८, २०२३

गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा अहिले सम्मकै सवै भन्दा धेरै १९ हजार १ सय २ सदस्यले सदस्यताका लागि आवेदन दर्ता गरेका छन् । हिजो मंगलवार राति १२ वजेसम्म सदस्य वन्ने अन्तिम समय रहेको र यो अहिलेसम्मकै सवैभन्दा वढि सदस्य रहेको एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले एएनजेड खवरलाई टेलिफोन मार्फत वताए । अघिल्लो पटक एनआरएन अष्ट्रेलियाको सदस्य संख्या १५ हजार थियो ।
यो तथ्यांक हेर्दा अष्ट्रेलिया सदस्य संख्याको हिसावले एनआरनको धेरै सदस्य भएको पहिलो राष्ट्रमा पर्नेछ ।
अहिले सदस्यता दर्ता गराएका आवेदकहरु (एसोसियट बाहेक)ले आगामी जुलाई २९ तरिखका दिन हुने निर्वाचनको मतदान प्रकृयामा सहभागि हुन पाउनेछन् । गत मे महिनाको १० तारिखवाट खुलेको सदस्यता आवेदन प्रकृया पहिलेको तुलनामा झन्झटिलो भएकाले सुरुवातका दिनमा अत्यन्तै सुस्त गतिमा चलेपछि यो पटक सदस्यता संख्या न्यून हुने अपेक्षा गरिएको थियो । तर पछिल्लो केही दिनमा आवेदन प्रकृयाले तिव्रता लिएको थियो भने अन्तिम केहि दिनमै मात्रै १० हजारले सदस्यता दर्ता गराएका थिए ।
सदस्यता आबेदन गरिएकाहरू मध्ये २५ सय २३ आवेदन पेमेन्ट लगायतका विविध प्राविधिक कारणले आवेदनलाई हाल ड्राफ्टमा राखिएको प्रकृयागत रूपमा अघि बढाईने पनि एनआरएनले जनाएको छ ।
एनआरएन अध्यक्ष नन्द गुरुंगका अनुसार जनसंख्याको हिसावले अष्ट्रेलियाको सवैभन्दा ठूलो राज्य न्यू साउथ वेल्सवाट सदस्यता आवेदन गर्ने हरुको संख्या ५ हजार ४ सय ६० रहेको छ । अघिल्लो पटक यस राज्यमा सदस्य संख्या ६ हजार १ सय ५० थियो । त्यसैगरि भिक्टोरिया राज्यवाट सदस्यता आवेदन दर्ता गराउनेको संख्या २४५५ रहेको छ, अघिल्लो पटक यहा २१२९ सदस्य रहेका थिए।
क्विन्सल्याण्ड राज्यवाट यसपटक १७ सय १३ सदस्य बनेका छन् यस अघि यहा १३ सय ९४ ले सदस्यता आवेदन दर्ता गराएका थिए , त्यसैगरी वेस्टर्न अष्ट्रेलियावाट १६ सय १८ सदस्य बनेका छन् यसअघि यहा ७ सय ५९ ले सदस्यता दर्ता गराएका थिए भने तास्मानियावाट १३ सय ४० सदस्य बनेका छन् यस अघि यहा १३ सय ९१ ले सदस्यता दर्ता गराएका थिए । साउथ अष्ट्रेलियावाट सदस्यता दर्ता गराउनेको संख्या १५ सय ४७ सदस्य रहेका छन् यस अघि यही १८ सय ८९ रहेको थियो। यसैगरी नर्दन टेरोटरीवाट ८ सय ७३ सदस्य बनेका छन् अघिल्लो पटक यगा ११ सय ९ जनाले सदस्यता दर्ता गरेका थिए भने अष्ट्रेलियाको राजधानी क्यानवेरा रहेको अष्ट्रेलियन क्यापिटल टेरोटरीवाट सदस्यता दर्ता गराउनेको संख्या १५ सय ७३ रहेको छ यस अघि यहा १३ सय ५७ सदस्य रहेका थिए ।
हाल सम्म करिव ८ हजार आवेदनको सदस्यता स्विकृत भएको बाकी चाडै सक्ने गरि द्रुत गतिमा काम भइरहेको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

अष्ट्रेलियाको नेपाली समाजले उत्सुक्ता र चासोपूर्वक हेरिरहको एनआरएन अष्ट्रेलियाको यो निर्वाचनमा अध्यक्ष पदका लागि डिला खरेल, देव गुरुङ्ग र अनिल पोखरेल मुख्य आकांक्षीको रुपमा देखिएका छन् ।

तपाइँको प्रतिक्रिया