शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:२६ |सिड्नीको समय: १८:२६ |काठमाडौंको समय: १४:११

एनआरएनए विश्व ज्ञान सम्मेलन-आगामी अक्टोवरको १७ देखि १८ सम्म काठमाडौँमा हुने

एएनजेड खबरअगस्ट १४, २०२३

गैर आवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो विश्व ज्ञान सम्मेलन काठमाडौँमा हुने भएको छ। आगामी अक्टोबरको १७ देखि १८ सम्म काठमाडौँमा विश्व ज्ञान सम्मेलन हुने भएको हो ।

गैरआवासीय नेपाली संघले एक पत्रकार सम्मेलन गर्दै सम्मेलनका लागि ३१ जुलाई २०२३ देखि कार्यपत्र आह्वान गरेको छ । साथै अन्य सहभागीहरूको लागि १५ अगष्ट २०२३ बाट दर्ता सुरु गरिने जानकारी दिएको छ।

‘सामाजिक अर्थतन्त्र विकासका लागि वैज्ञानिक अन्वेषक र लगानी’ भन्ने मूल नारा सहित विश्व ज्ञान सम्मेलन काठमाडौँमा हुन लागेको सम्मेलनले विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सिप र बौद्धिकतालाई नेपालको दिगो विकासमा प्रयोग गर्ने उद्देश्य रहेको एनआरएनएले जनाएको छ।

नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्व ज्ञान सम्मेलनको आयोजना गर्न लागिएको समेत बताइएको छ। सम्मेलनमा विगतका वर्षहरू जस्तै यस वर्ष पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धानात्मक संस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायतका अन्य सरोकारवाला उपस्थितिमा सम्मेलन आयोजना हुने संघले विज्ञप्ति मार्फत जानकारी दिएको हो।

सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र ऊर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहेका विज्ञहरू, र नेपालसँग जोडिएका विदेशी विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधिमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, वैदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा वृहत छलफल गरिने छ ।
यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ ।

तपाइँको प्रतिक्रिया