शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:४३ |सिड्नीको समय: १५:४३ |काठमाडौंको समय: ११:२८

अष्ट्रेलियामा नेपाली बालबालिका लक्षित नेपाली भाषा बोल्न र लेख्न र संस्कृति सिकाउने विशेष अन्तरक्रिया कार्यक्रम  हुने 

एएनजेड खबरअगस्ट १७, २०२३

अष्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाइमा सहजीकरण गर्न ‘शब्दमाला’ नेपाली भाषा विद्यालयले विशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। 

सन् २०१० मा न्यु साउथ वेल्स राज्यको सङ्घ निगमन ऐन २००९ अन्तरगत औपचारिक रूपमा दर्ता भएको यस विद्यालयले अष्ट्रेलियामा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र नेपाली भाषा बोल्न र लेख्न सिकाउने मुख्य उद्देश्यले स्थापना भएको संस्था हो। 

नेपाली भाषा शब्दमाला विद्यालयले  खुला सत्र २०२३ को आयोजना गर्दै अन्तरक्रिया गर्न लागेको हो ।  नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाइमा सहजीकरण गर्न उक्त कार्यक्रमको आयोजना गर्ने लागेको आयोजकले बताएको छ। 

 ग्रानभिलको फ्लेवर अफ नेपाल रेस्टुरेन्टमा गत आइतबार गरिएको पत्रकार सम्मेलनमा संस्थाले अष्ट्रेलियाका विभिन्न ठाउँमा नेपाली बालबालिकाहरूका प्रतिभा र कलाहरूलाई प्रदर्शन गर्ने तथा नेपाली भाषा र संस्कृतिका विषयमा जानकारी दिने कार्यक्रमको प्रमुख लक्ष्य रहेको जानकारी दिएको हो। 

संस्थाका अनुसार कार्यक्रम अगस्ट २७ मा सुरु हुने र सेप्टेम्बर १० मा सम्पन्न हुनेछ।  विद्यालयका अध्यक्ष विष्णु घिमिरेले शब्दमालाबारे जानकारी नपाएका अभिभावकहरूको लागि  प्रत्यक्ष जानकारी लिन उपस्थितिको लागि आह्वान गरेका छन् । नेपाली संस्कृतिसहित नेपाली  लेख्न र बोल्न सिकाउने हेतुले स्थापना गरेको संस्थाले हरेक आइतबार बिहान २ घण्टा कक्षा सञ्चालन गर्दै आएको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरे,सहसचिव दीपक लामिछाने, शव्दमाला ग्रानभिल शाखा संयोजक नवीन अर्याल लगायतको उपस्थिति रहेको थियो। जुम मार्फत पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार अर्चना घले अभिभावक राजेश केसीलगायत जोडिएका थिए।

उक्त संस्थाले पत्रकार सम्मेलन मार्फत अन्तरक्रिया कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। जस अनुसार  अगस्ट २७ आइतबार बिहान १०ः३० देखी १२ः३० सम्म ग्रान्भिल पब्लिक स्कुल, पोन्ड्स हाई स्कुल, वाइतारा पब्लिक स्कुलमा एकसाथ अन्तरक्रिया हुनेछ। 

त्यस्तै सेप्टेम्बर ३ आइतबार बिहान १०ः३० देखी १२ः३० सम्म क्याम्प्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल र म्याक्वेरी फिल्ड्स पब्लिक स्कुलमा अन्तरक्रिया आयोजना गरिने छ। 

सेप्टेम्बर १० आइतबार बिहान १०ः३० देखी १२ः३० सम्म, प्लाट्सबर्ग पब्लिक स्कुल (न्यूकासल) मा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। 

हालसम्म अष्ट्रेलियामा सञ्चालन हुँदै आएका शब्दामाला स्कुलहरूमा क्याम्प्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल ,ग्रान्भिल पब्लिक स्कुल, म्याक्वेरी फिल्ड्स पब्लिक स्कुल ,प्लाट्सबर्ग पब्लिक स्कुल (न्यूकासल) ,पोन्ड्स हाई स्कुल र वाइतारा पब्लिक स्कुल सञ्चालन भइरहेका छन्। 

तपाइँको प्रतिक्रिया