शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ००:०८ |सिड्नीको समय: २२:०८ |काठमाडौंको समय: १७:५३

अष्ट्रेलियामा अपराधमा बालबालिकाको संलग्नता उच्च भएको भन्दै कडा कानुनको माग सहित प्रदर्शन 

एएनजेड खबरअगस्ट २०, २०२३

अष्ट्रेलियामा अपराधमा संलग्न बालबालिका माथि कडा कारबाहीको माग राख्दै संसद् भवन अगाडी प्रदर्शन भएको छ।

 नेपाली, भारतीयसहितको सिङ्गो समुदायले संसद् भवनमा पुगेर जघन्य अपराधमा संलग्न बालबालिकाहरूलाई कानुनी व्यवस्था माग गर्दै धर्ना र  प्रदर्शन गरिएको हो। 

हिजो अगस्ट १९ शनिवार मेलबर्नको फेडरेसन स्क्वायरमा विभिन्न समुदायका मानिसहरू  भेला भएर भिक्टोरिया राज्यको संसद् भवन अगाडी पुगेर दबाबमूलक कार्यक्रम गरिएको हो ।

अष्ट्रेलियामा करिब एक महिनाअघि नेपाली बालकमाथि छुरा प्रहार भएको घटनालाई लिएर बेलबर्नमा नेपालीसँगै सिङ्गो समूदाय आन्दोलित भएको छ । साथीहरूसँग बास्केटबल खेलिरहेको समयमा ६, ७ जनाको समूहमा आएका बालबालिकाले छुरा प्रहार गरी १६ वर्षीय बालक रायन सिंह घाइते भएका थिए। सो आक्रमणबाट रायनको औँलामा गम्भीर चोट लागेको थियो ।

 हाल उनी उपचारपछि घर फर्किए पनि बालबालिकाको संलग्नतामा हुने अपराधविरुद्ध कडा कानुन माग गर्दै आन्दोलन चर्किएको हो।  मेलबर्नका कानुन व्यवसायी टोनु घोतानेले फितलो कानुनका कारण एउटै बालबालिका बारम्बार अपराधमा संलग्न भएको पाइएको भन्दै कडा कानुनी व्यवस्थाले बालबालिकामा बढ्दो अपराध नियन्त्रणमा भूमिका खेल्ने बताए। 

 सन २०२१ देखी ०२२ सम्मको तथ्याङ्क अनुसार अष्ट्रेलियामा  ४५ हजार बढी बालबालिका अपराधमा संलग्न भएको  पछिल्लो प्रतिवेदनले देखाएको छ ।

अष्ट्रेलियामा अपराधमा संलग्न बालबालिकालाई जेल नपठाएर समुदायकै निगरानीमा राखिने कानुनी व्यवस्था भएकै कारण बालबालिका अपराधमा सक्रिय भएको देखिएको छ।  यस्तै कानुनका कारण जोखिम हुनसक्ने भन्दै कानुन संशोधनको लागी  हरेक शनिवार दबाबमूलक कार्यक्रम र प्रदर्शन हुँदै आएको छ। 

तपाइँको प्रतिक्रिया