शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:५४ |सिड्नीको समय: १९:५४ |काठमाडौंको समय: १५:३९

अष्ट्रेलियामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले  विशेष तीज कार्यक्रम गर्ने 

एएनजेड खबरअगस्ट २२, २०२३

अष्ट्रेलियामा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आगामी सेप्टेम्बर ३ मा विशेष तीज कार्यक्रम गर्ने भएको छ। नेपाली महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम लागेको हो। 

  कार्यक्रम संयोजक तथा न्याभ उपाध्यक्ष ललिशा थापाका अनुसार तीज समारोह आगामी सेप्टेम्बर ३ गते आइतबार साँझ ६ देखि १० बजेसम्म इस्नोनिया हाउस वेस्ट बन्सविकमा हुने छ। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सिन्धु मल्लको विशेष प्रस्तुति रहने आयोजकले बताएको छ। त्यस्तै कार्यक्रममा न्याभ वीमेन अफ द डे, बेस्ट मेकप, बेस्ट ड्रेस, बाल नृत्य, सांस्कृतिक प्रस्तुति, अतिथि कलाकार र डिजेको प्रस्तुति रहने छ। 

 उक्त अवसरमा भिक्टोरियामा उद्यम गरिरहेका नेपाली महिलाहरूलाई सम्मान गरिने र उद्यमी महिलाहरूलाई प्रोत्साहनको लागी र सम्मान गर्ने कार्यक्रम राखिएको थापाले जानकारी दिएकी छन् । प्रमीला श्रेष्ठ, रञ्जु श्रेष्ठ , अर्चना श्रेष्ठ, अर्चना डाँगी क्षेत्री, सोनी बैदार राज भण्डारी, रुवी श्रेष्ठ, रेनुका पाठक, खुसी मगर, पिंकी थापा र हिरा लामालाई सम्मान गरिने उपाध्यक्ष थापाको भनाइ थियो। 

 न्याभाले कार्यक्रम सम्पन्न गर्नको निम्ति अष्ट्रेलियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरूसँग समन्वय गरिरहेको बताएको छ।  

तपाइँको प्रतिक्रिया