शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:२२ |सिड्नीको समय: १४:२२ |काठमाडौंको समय: १०:०७

एनआरएनएको सचिवका लागि अष्ट्रेलियाबाट ज्ञानेन्द्र रेग्मीले दिए उम्मेद्वारी

एएनजेड खबरअगस्ट २३, २०२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवका लागि अष्ट्रेलियाबाट ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिएका छन्।

रेग्मी यसअघि एनआरएनए अष्ट्रेलियाका महासचिवसमेत बनिसकेका छन्। अष्ट्रेलियामा रहेर एनआरएनए अष्ट्रेलियामा उनले एक दशकभन्दा बढी विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

रेग्मीले एनआरएनए भित्रका विविध समस्यालाई नजिकबाट नियालेर आगामी दिनमा यावात समस्यालाई हल गर्ने आकांक्षा सहित संस्थागत परिवर्तनका लागि आफुले सचिव पदमा उम्मेद्वारी दिने जानकारी दिएका छन्।

नीति निर्माण तहमा पुगेर मात्रै संस्थाका समस्याहरूलाई हल गर्न सकिने र परिवर्तनको पक्षमा आफ़ु रहेकाले उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले संस्थाको विकाससँगै विभिन्न विकृति पनि बढ्दै गएकाले विकृतिलाई रोकेर सकारात्मक कामका लागि नौलो प्रयोग गर्न आफू नेतृत्वमा आउन चाहेको बताए।

उनले जापान र अष्ट्रेलियाको एनआरएनमा काम गरिसकेका छन्। सोही अनुभवलाई अब विश्वभर फैलाएर एनआरएनएका लागि आफुले केही उपयोगी काम गर्ने उनको भनाइ थियो।

रेग्मीले अष्ट्रेलियामा रहेर सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरिसकेका छन्। उनी हाल अष्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रूपमा कार्यरत छन्।
एनआरएनएको विश्व ज्ञान सम्मेलन-आगामी अक्टोवरको १७ देखि १८ सम्म काठमाडौँमा हुँदै छ।

तपाइँको प्रतिक्रिया