शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:१७ |सिड्नीको समय: २०:१७ |काठमाडौंको समय: १६:०२

एनआरएनए अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी

एएनजेड खबरअगस्ट २६, २०२३

गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । गत बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारीले बेलायतमा रहेर नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका छन् । अहिले उनी बेलायतको क्याम्रिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडीको लागी अध्ययन गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने भन्दै त्यसमा आफूले पहल गर्ने बताए । विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्ने उनको भनाइ छ ।

संघको ११औं महाधिवेशन १७ अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ ।

तपाइँको प्रतिक्रिया