मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:२५ |सिड्नीको समय: ०५:२५ |काठमाडौंको समय: ०१:१०

इजरायल आक्रमणमा परी १० नेपालीको निधन! (नाम सहित)

एएनजेड खबरअक्टोबर ९, २०२३

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरायलस्थित नेपाली राजदूतावासका अनुसार गाजा क्षेत्रसँग सीमा जोडिएका कृषि फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।

सो आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि लर्न एन्ड अर्न कार्यक्रममार्फत गएका विद्यार्थीहरू परेको बताएको छ। आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणमा ज्यान गुमाएका विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ। अधिकांश सुदूर पश्चिमका रहेको खुलेको हो ।१७ जना नेपालीमध्ये केही प्रहरीको संरक्षणमा र केही घाइतेको हस्पिटलमा उपचार भैरहेको बताइएको छ ।

शनिवार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट एक साथ  पाँच हजार भन्दा बढी रकेट आक्रमण  गरेको थियो।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले पनि जवाफी हवाई आक्रमणलाई तीव्र बनाएको छ। हालसम्म दुवै पक्षका सयौँको सङ्ख्यामा मानिसले ज्यान गुमाई सकेका छन्।

तपाइँको प्रतिक्रिया