मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०६:५९ |सिड्नीको समय: ०४:५९ |काठमाडौंको समय: ००:४४

एनआरएनको मतदान सकिएको आधा घण्टामै मत परिणाम सार्वजनिक गर्छौं : निर्वाचन समिति सदस्य ढकाल

एएनजेड खबरअक्टोबर १६, २०२३

गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले एनआरएनको मतदान सकिएको आधा घण्टामै मत परिणाम सार्वजनिक गर्ने बताएका छन्। उनले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिंदै छोटो मतपरिणाम घोषणा गर्ने तर्फ निर्वाचन समिति लागिरहेको बताएका हुन्।

अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको समेत जानकारी दिए ।

नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिँदै ढकालले कम्तिमा निर्वाचित हुने पद भन्दा दोब्बर उम्मेदवारी दर्ता हुने बताए । सोमबारको उम्मेदवारी दर्ता होटेल सोल्टीमा हुने पनि उनले जानकारी दिए ।

अहिलेसम्म एनआरएनको अध्यक्षमा आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गराएको बताउँदै समय बाँकी नै रहेकाले अरुले पनि तयारी गरिरहेको थाहा आफूले पाएको ढकालको भनाई छ । हिजो १४ तारिखदेखि उम्मेदवारी दर्ताको चाप बढेको जानकारी दिँदै १५ तारिखका दिन अत्याधिक चाप रहेको पनि बताए ।

१९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घण्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए ।
उम्मेदवारले प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको विषयमा सञ्चारकर्मीले जिज्ञाषा राख्दा आफूहरुको मूल उद्देश्यनै धेरै भन्दा धेरै एनआरएनहरुलाई काठमाडौं बोलाउने रहेको बताए । सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिव समेत रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरु नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई दुई जना राखिएको बताए । उनले भने कम्तिमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको संख्या पनि बढ्ने बताए । यस्तै, सधैं दशैंको बेला नेपालमा अधिवेशन आयोजना गर्नु भनेको नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैंका बेला नेपाल आउन पाउने भएकाले यस्तो गरिएको पनि सदस्य ढकालले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया