मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०९:१८ |सिड्नीको समय: ०७:१८ |काठमाडौंको समय: ०३:०३

एनआरएनए अध्यक्षमा महेश कुमार श्रेष्ठ र महासचिवमा बुद्धिसागर सुवेद्धीद्धारा उम्मेदवारी दर्ता

एएनजेड खबरअक्टोबर १६, २०२३

गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । हाल कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गरे । उनले भने,‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ ।’

अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दिपक रेग्मी रहेका छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल रहेका छन् ।एनआरएनए रुपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै महासचिवमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता पछि सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखि काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अध्यक्षका उम्मेदवार श्रेष्ठसँगै महासचिव पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने ’हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं’ महासचिवका दावेदार बुद्धिसागर सुवेदिले भन्नुभयो ’महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहाँसलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।

तपाइँको प्रतिक्रिया