मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०८:२० |सिड्नीको समय: ०६:२० |काठमाडौंको समय: ०२:०५

एनआरएन नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र, महेश श्रेष्ठ अगाडि

एएनजेड खबरअक्टोबर १७, २०२३



सिडनी। गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन) को एघारौ अधिवेशनको लागि काठमान्डौमा संसार भरिका गैर आवासीय नेपालीहरुको भिडभाड र चुनावी सरगर्मी शुरु भैसकेको छ।
यसपटक बिगत भन्दा अलि फरक र सामन्य रुपमा अधिवेशन प्रक्रिया अगाडि बढेको देखिन्छ।
यहि अक्टोबर १७ – १९ मा सम्पन्न हुने अधिवेशन र निर्वाचन का लागि अहिलॆ पाँच दर्जन भन्दा बढी उमेदवारहरु चुनावी प्रचार प्रसारमा छाएका छन्।
यस अघि डेलिगेट विवादका कारण अधिवेशन विवादास्पद रुपमा स्थगन गरी राजनीतिक सहमतिका आधारमा स्वघोषित सबै उमेदवारहरुको जम्बो कार्यसमिति बनाउनु पर्ने वाध्यता सृजना भएको थियो।
विशेष गरी अध्यक्ष, उपाध्यक्ष र महासचिवमा आकांक्षी देखिएकाहरूको तिव्र प्रतिस्पर्धा सबैको चासोको विषय बनेको छ।
हाल सम्म अध्यक्ष पदमा चार जना, महासचिवमा दुइ जना र उपाध्यक्षमा झन्डै डेढ दर्जन भन्दा बढी उमेदवार हरु प्रचारमा देखिएका छन् । एनआरएनएको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) शर्मा र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्ध्य I केसी र थापा वर्तमान अध्यक्ष हुन् भने श्रेष्ठ र शर्मा वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।
यसपटक विश्वभरिबाट प्रक्रियागत रुपमा छनौट भएका ४२२७ प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिने छन्। जसमा अफ्रिका क्षेत्र बाट ११९,अमेरिका क्षेत्रबाट ४३५, एसिया प्यासिफिक बाट ७२२ , युरोपबाट १६८५, मिडिल इस्ट बाट ९३८ र ओसिनिया बाट ३०३ प्रतिनिधिहरु रहेका छन् । पदाधिकारी उमेदवार र तिनका समर्थक र प्रस्तावक को उपस्थिति अनिवार्य गरिएपनि अन्यले आआफ्नो ठाउबाट अनलाइन मतदान गर्न सक्नेछन। हालसम्म जम्मा ८ सयको हाराहारीमा मात्र डेलिगेट्स नेपाल पुगेको अनुमान गरिएको छ ।
अनलाइन मतदान प्रक्रियाका कारण पनि यसपटक बिगतमा भन्दा कम भिडभाड हुने अनुमान गरिएको छ । उमेदवारहरुको प्रचार प्रसार लगभग अन्तिम चरणमा पुगेको छ, उमेदवार र निकटहरुले अधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास संगसंगै जोडघटाउ शुरु भैसकेको छ। बिगतमा झैँ यसपटक पनि युरोप र मिडल-इस्ट संख्यात्मक हिसाबले निर्णायक हुने देखिन्छ ।
अध्यक्षको प्रतिस्पर्धामा देखिएका सबै उमेदवारहरु निर्वाचनमा होमिन्छन वा सहमतिमा समाहित हुन्छन त्यो हेर्न भने बाँकी नै छ। प्रतिस्पर्धामा सबै भन्दा कमजोर देखिएकी अध्यक्ष उमेदवार रबिना थापाको उमेदवारी केवल वार्गेनिङ्ग मात्र भएकोले सहमतिमा छोडन सक्ने बताइन्छ भने अर्को तिर श्रेष्ठ र केसी दुवै संस्थापन पक्ष निकट व्यक्तिहरु भएकोले उनीहरुको प्रयाशमा अन्तिम अवस्थामा केसी मिल्न सक्ने र त्यस्तो प्रयास भैरहेको तर्क एकथरी निकट व्यक्तिहरुको छ। केसी एकपटक अध्यक्ष भैसकेकोले पनि उनलाई प्रमुख संरक्षकमा प्रस्ताव गरिएको उनीहरुको दावी छ। यता मिडल-इस्ट बाट उमेदवार बनेका आर के शर्मालाई राजनीतिक सहमतिका आधारमा पुन उपाध्यक्ष दोहोर्याउन का निमित प्रयास गरिने बताइदै आएको छ। अहिलेसम्म को प्रारम्भिक स्थितिमा यही हुन्छ भनेर भन्न सकिने अवस्था भने छैन।
युरोप क्षेत्रको एनसीसी निर्वाचन र प्रतिनिधिहरुको छनौटका आधारमा पनि युरोपमा महेश श्रेष्ठको स्थिति अरुको भन्दा बलियो रहेको सहजै अनुमान गर्न सकिन्छ। युरोपमा बद्री केसी र आर के शर्मा को उपस्थिति क्रमस दोश्रो र तेश्रो स्थानमा देखिन्छ। मिडल-इस्ट भने आर के शर्मा को पकड अरुको तुलनामा निकै बलियो रहेको मानिन्छ। एशिया प्यासिफिक क्षेत्र महेश श्रेष्ठको आफ्नो क्षेत्र भएकोले पनि तुलनात्मक रुपमा अरुको भन्दा राम्रो पकड छ । ओसिनिया र अमेरिका क्षेत्रमा पनि प्रजातान्त्रिक समुहको उपस्थिति बलियो रहेकोले महेश श्रेष्ठको पकड राम्रो मानिन्छ। मिडिल-इस्ट मा राम्रो पकड भएका कारण आर के शर्मा चर्चामा छन् । तर उनी आफु अध्यक्षको उमेदवार हुदै गर्दा उनको आफ्नो टिम र प्रत्यक्ष सहयोगी उमेदवार भने छैनन् झन्डै ५३ देशमा समन्वय र सहकार्य गर्नुपर्ने चुनावी प्रतिस्पर्धामा उनी एक्लैले कहा कति समायोजन गर्न सक्छन भन्ने कुरा भने चुनौती पुर्ण छ। यधपी शर्माले दुवै तिरका उमेदवारहरुलाई बिश्वासमा लिएर भोट साट्ने रणनीतिमा लागेको बताइन्छ जुन त्यति सजिलो भने पक्कै छैन । अध्यक्ष उमेदवार श्रेष्ठ र केसी भने पुर्ण टिम सहित प्रतिस्पर्धामा उत्रिएका छन् । लामो समय देखि एनआरएनए को अभियानमा लागेका र एनआरएनए बुझेका हरु अध्यक्षमा महेश श्रेष्ठ तुलनात्मक प्रतिस्पर्धामा रुपमा निकै अगाडी रहेको बताउछन ।
महासचिवमा महेश श्रेष्ठ समुहबाट बुद्धि सुबेदी र बद्री केसी समुहबाट गौरी जोशी मुख्य प्रतिस्पर्धी छन । जोशी आइसीसी वृतमा अलि बढी चर्चामा छन् भने अमेरिकाका निवर्तमान अध्यक्ष सुबेदी आइसीसीमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्। राजनीतिक पृष्ठभूमि र नेतृत्व कलाका कारण सुबेदी ले छोटो समयमा राम्रो प्रभाव पारेका छन् । यधपी वन टु वन प्रतिस्पर्धा हुने भएकोले सुबेदीले अझै मेहेनत गर्नु पर्ने देखिन्छ। महासचिव मा मिडल-इस्ट को भूमिका र आर के शर्माको आफ्नो उमेदवार नभएकोले उनको सहयोग र समर्थन नै निर्णायक मानिन्छ। दुवै पक्षले शर्माको समर्थन आफुलाई रहेको दावी गर्दै आएका छन।
बद्री केसी समुह र महेश श्रेष्ठ समुहले उपाध्यक्ष, सचिव लगायतका पदमा आफ्नो समुह नै तय गरिसकेका छन् । उपाध्यक्ष, सचिव र अन्य पदहरुमा दुवै समुहबाट मिश्रित परिणाम आउन सक्ने आकलन गरिएको छ।

निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकालले कात्तिक २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको जानकारी दिए । जसअनुसार निर्वाचन समितिले सोमबार साँझ संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१ (संशोधन २०२३) को नियम ८(११) बमोजिम सबै पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ । महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी कोषाध्यक्ष पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको ृउम्मेदवारी परेको छ ।
यस्तै एक÷एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यसिफिक संयाजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ । यसैगरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन । अमेरिकाज क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी परेको छ भने एसिया प्यासिफिक उपसंयोजकमा ५ जना, युरोप क्षेत्रीय उपसंयोजकमा ८ जनाको उम्मेदवारी परेको छ । यसैगरी मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा ६ जनाको उम्मेदवारी परेको छ । ओसिनिया क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी पर्दा अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बुको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत भएकी छन् । यसैगरी अमेरिकाज क्षेत्रीय महिला संयोजकमा पनि इन्दिरा त्रिपाठी सर्वसम्मत भएकी छन् । यसैगरी एसिया प्यासिफिक महिला क्षेत्रीय संयोजकमा अनिता गुरुङ लामा, मिडल इस्ट महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसिनिया महिला संयोजकमा रेनुका लामा सर्वसम्मत भएका छन् । तर, युरोप क्षेत्रीय महिला संयोजकमा भने दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी क्षेत्रीय महिला उपसंयोजकतर्फ एसिया प्यासिफिकमा इन्दिरा तिवारी, युरोपमा भवानी तिवारी, मिडल इस्टमा सरिता भण्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेन भने अमेरिका क्षेत्रमा स्वराज खाती सर्वसम्मत भए । यसैगरी युवा क्षेत्रीय संयोजकतर्फ नै एसिया प्यासिफिकमा विकास बस्नेत सर्वसम्मत चयन भए भने युरोप क्षेत्रमा प्रकाश भण्डारी सर्वसम्मत भए । यसैगरी मध्यपूर्वमा भने कसैको पनि उम्मेदवारी परेन । यस्तै ओसिनियामा सूर्य आचार्य सर्वसम्मत हुँदा क्षेत्रीय युवा उपसंयोजकतर्फत अफ्रिका क्षेत्रमा कसैको उम्मेदवारी परेन भने अमेरिकाज क्षेत्रमा विशाल रानाको उम्मेदवारी दर्ता भएको छ । उनको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन् ।
यस्तै एसिया प्यासिफिकमा नारायण खड्का सर्वसम्मत हुँदा युरोपमा कसैको पनि उम्मेदवारी परेन । यस्तै मध्यपूर्वमा कृष्ण कुमार ठाकुर सर्वसम्मत हुँदा ओसिनियामा पनि कसैको उम्मदवारी दर्ता भएन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजकमा पनि कसैको उम्मदवारी परेन । एनआरएनएले दोस्रो पुस्तालाई समेट्न खोजेपनि कसैको उम्मेदवारी नपरेपछि सो पुस्ताको संघमा आकर्षण नदेखिएको हो कि भन्ने प्रश्न समेत उठेको छ । प्रारम्भिक नामावलीको आधारमा एनआरएनएले अब दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित गरेर अन्तिम सूची प्रकाशित गर्नेछ । यस्तै निर्विरोध भएकाहरुलाई प्रक्रिया पुरा गरेर निर्वाचन समितिले विजयी भएको घोषणा गर्नेछ । एनआरएनएको निर्वाचनबाट एक अधयक्षसहित कुल ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया