शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:५८ |सिड्नीको समय: १८:५८ |काठमाडौंको समय: १४:४३

विश्वकप एसिया छनोटको उपाधिका लागि ओमानसँग खेल्दै नेपाल

एएनजेड खबरनोभेम्बर ५, २०२३
This image has an empty alt attribute; its file name is nepali-team-1699149364-1024x683.jpg

टि-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानसँग खेल्दैछ।

बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान आमनेसामने हुनेछन्।

नेपालले मुलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्।

ओमान समूह विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ।

दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० ‍विश्वकप खेल्नेछन्।

तपाइँको प्रतिक्रिया