शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:२३ |सिड्नीको समय: २१:२३ |काठमाडौंको समय: १७:०८

मन लोभ्याउने गुगल डाँडा

एएनजेड खबरडिसेम्बर ४, २०२३

इलामको रोङ गाउँपालिका ३ स्थित मेची राजमार्ग नजिकै भूमापन केन्द्र छ । जंगलले घेरिएको डाँडामा रहेको उक्त केन्द्रलाई स्थानीयले ब्रिटिस डाँडा वा गुगल पोइन्ट भन्ने गर्छन । यो डाँडा पछिल्लो समय चर्चामा छ । युवाहरु हाइकिङ र साइक्लिङ गर्दै डाँडामा उक्लिन्छन् ।

१८२५ मिटर उचाइमा रहेको यो डाँडाबाट कञ्चन्जंगा लगायतका हिम श्रृखला साथै झिसमिसेमा सूर्योदय दृश्यावलोकन गर्न सकिन्छ । रमणीय तराईका फाँटहरु हेरेर रमाउन सकिन्छ । मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडा चर्चित करसोङ पदमार्गसँग समेटिएको छ । पछिल्लो समय यो डाँडा पर्यटकहरुको रोजाइमा छ । तस्विरः युवराज गौतम

तपाइँको प्रतिक्रिया