बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: २२:२१ |सिड्नीको समय: २०:२१ |काठमाडौंको समय: १६:०६

२१ नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा निःशुल्क छात्रबृत्ति

एएनजेड खबरडिसेम्बर ७, २०२३

काठमाडौं । अस्ट्रेलिया सरकारले सन् २०२३ का लागि २१ नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा निःशुल्क स्नातकोत्तर पढ्नको लागि छात्रबृत्ति प्रदान गरेको छ ।

हरेक वर्ष दिँदै आएको ‘अस्ट्रेलिया अवार्ड स्कलरसीप’मार्फत २१ जना नेपाली विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । नेपालस्थित अष्ट्रेलियन राजदूताबासले एक समारोहबीच सार्वजनिक क्षेत्रबाट १५ साथै महिला र शारीरिक रुपमा असक्तलाई छात्रबृत्ति प्रदान गरेको हो । नेपाल सरकारका मुख्य सचिब डा.बैकुन्ठ अर्याल, नेपालस्थित अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलगायतको उपस्थितिमा छात्रबृत्ति प्रदान गरिएको हो ।

नेपाली विद्यार्थीहरुको आर्थिक र सामाजिक विकाससँग सम्बन्धित विषयमा छात्रवृति दिँदै आएकोमा यस वर्ष पनि छात्रवृत्तिका लागि आवेदन माग गरिएको थियो । नेपालका लागि अस्ट्रेलिया अवार्ड छात्रवृत्ति विपद् जोखिम न्यूनीकरणको लागि विकास क्षेत्रहरूको अध्ययन कार्यक्रम, आर्थिक विकास, शिक्षा, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, शासन, स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन र दिगो पूर्वाधार विकासको लागि प्रदान गरिन्छ ।

अस्ट्रेलिया अवार्डको प्राथमिकतामा महिला सशक्तिकरण, अपाङ्गता भएका र विपन्न सामाजिक समूहका व्यक्तिहरू पर्ने गरेको दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया