बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १५:२२ |सिड्नीको समय: १३:२२ |काठमाडौंको समय: ०९:०७

एनसेल प्रकरण रहस्यमय, नेपालमा तरङ्ग

एएनजेड खबरडिसेम्बर ८, २०२३

काठमाडौँ । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो । अदालतले मंसिर २५ गतेका लागि छलफलमा बोलाएको छ ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत आदेशलाई निरन्तरता दिनुपर्ने नपर्ने सम्बन्धमा विपक्षीहरुलाई समेत मिति २०८०।०८।२५ मा छलफलमा उपस्थित हुन र यस सम्बन्धमा कुनै निर्णय भएको छ भने सो निर्णयसमेत लिई उपस्थित हुन विपक्षीहरुलाई लिखित सूचना दिई यिनै निवेदकले यसै अदालतमा दायर गरेको ०८०–०८६२ को रिट निवेदनसेमत लगाउमा राखी मिति २०८०–०८–२५ मा साथै पेश गर्नू ।’

वास्तवमा यतिबेला एनसेल कान्डले नेपालमा विशेष स्थान पाएको छ । एनसेलको बचाउ र विपक्षमा बहसहरु भइरहेको छ । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन् । उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए । उनले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए । उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए ।

यता, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्रीमा ठूलो अनियमितता भएको भन्दै समिति बनेर मात्र ठीक नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो भनाइ सार्वजनिक गर्ने क्रममा ‘समिति बन्यो ठीक हुन्छ भन्ने अवस्था छैन, सशत्तm खबरदारी आवश्यक छ’ भनेका छन् ।

नले कानूनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिएको भन्दै यसमा बदनियत रहेको दाबी गरेका छन् । उनले यसअघि पनि पटक–पटक यस्तो गरेका दृष्टान्त रहेको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन यत्रो अनियमितताको हिम्मत नआउने बताएका छन् ।

उनले समिति औपचारिकतामा मात्र सीमित नहोस् भनी चेतावनी दिएका छन् । सो क्रममा महामन्त्री थापाले जो जहाँ छौँ सोही भूमिकामा रहेर जो जसको आडमा यतिठूलो अपराध भएको हो त्यसलाई असफल बनाउन लाग्न पनि आह्वान गरेका छन् ।

तर एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएसँगै आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अङ्गीकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ। एनसेलको शेयरहोल्डिङ्का बारेमा थप प्रकाश पार्न केही मुख्य तथ्यहरू प्रस्तुत गरेको छ।

स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयर धनी सतिश लाल आचार्यले भने, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरू मध्येबाट पहिलो भई छानिएको हो। शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ। जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ। यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने छ।’

आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिहरूमा कारोबारको विस्तृत विवरण प्रदान गरेको छ। एनसेलले हालसम्मको सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको जनाएको छ। साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गर्ने प्रतिबद्धता समेत गरेको छ।

यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको जनाएको छ। साथै, आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको विज्ञप्तिमा भनिएको छ।

एनसेलमा केही परिवर्तनहरू भइरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउँदै एक जिम्मेवार कम्पनीको रूपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध जनाएको छ।

त्यस्तै, लाखौँ नेपालीहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप परिष्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रूपमा अघि बढ्न एनसेल तयार छ।

मोबाइल कनेक्टिभिटी सेवामा मात्र सीमित नभई विभिन्न सेवाहरू प्रदान गर्न हामी हाम्रो नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता दिने छौँ र यससँगै देशमा प्रविधिले ल्याउने महत्त्वपूर्ण अवसरहरूको पनि सिर्जना हुनेछ। एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रूपमा योगदान पुर्‍याउने एनसेलले विश्वास लिएको छ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन् ।

सार्वजनिकस्तरबाट चर्को विरोधसमेत भएपछि संसदीय समितिहरूले पनि यसमा चासो दिएका हुन् । सार्वजनिक लेखा समितिमा पनि एनसेल शेयर खरिदबिक्री प्रकरणबारे छलफल भएको छ । एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेपछि सरकारले चनाखो अपनाएको हो ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको हो ।

तपाइँको प्रतिक्रिया