शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:०६ |सिड्नीको समय: २०:०६ |काठमाडौंको समय: १५:५१

न्यूजिल्याण्डको अपर हटमा मन्दिर निर्माण गरिने

एएनजेड खबरडिसेम्बर ११, २०२३

काठमाडौं । नेपाली कलासंस्कृति र पर्यटन प्रवद्र्धनमा लामो समयदेखि सक्रिय डा.रमिल अधिकारीको विशेष पहलमा न्यूजल्याण्डमा मन्दिर निर्माण हुने भएको छ । न्यूजिल्याण्डको अपर हटमा मन्दिर निर्माण गरिने भएको हो ।

नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरमका अध्यक्ष समेत रहेका डा. अधिकारीको विशेष पहलमा अपर हटका मेयर वाइनी गपीलाई मन्दिर निर्माणका लागि प्रस्ताव पेश गरेको र सकरात्मक प्रतिक्रिया आएकाले मन्दिर निर्माण हुने निश्चित भएको बताइएको छ ।

न्यूजिल्याण्डमा अहिलेसम्म नेपाली शैलीको मन्दिर नरहेकाले नेपालीसहित विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र स्थापना गर्न लागेको उनले जानकारी दिएका छन् । मन्दिर निर्माणले नेपाली र विश्वभरबाट न्यूजिल्याण्ड आउने पर्यटकहरुका लागि नयाँ धार्मिक गन्तव्य बन्नुका साथै नेपाली कलासंस्कृतिको पनि प्रचार(प्रसार हुने उनको विश्वास छ ।

तपाइँको प्रतिक्रिया