बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: २०:०४ |सिड्नीको समय: १८:०४ |काठमाडौंको समय: १३:४९

अष्ट्रेलियन राजदूतको इलाम प्रेम, पर्यटन सदभाव दूत बन्ने इच्छा

एएनजेड खबरडिसेम्बर ११, २०२३

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलाम पुगेर जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सदभाव दूत बन्ने इच्छा व्यक्त गरेकी छिन् ।

इलामस्थित सूर्योदय नगरपालिकोको भ्रमणका क्रममा नगर प्रमुख रणबहादुर राईलगायतका प्रतिनिधिसँगको भेटमा नगरको आर्थिक विकास र इलामको पर्यटन विकासमा सहकार्य गर्ने उनले इच्छा व्यक्त गर्नुभएको नगर प्रमुख राईले जानकारी दिएका छन् ।

सूर्योदय नगरको भ्रमणका क्रममा पर्यटन र बालवालिकाको क्षेत्रमा सहकार्य गर्ने विषयमा बारेमा छलफल भएको प्रमुख राईले सामाजिक संजालमा उल्लेख गरेका छन् । ‘पूर्वको इलाम र सूर्योदयमा आउन ढिला भएको महसूस भएको कुरा राख्नुभो। बोल्ने क्रममा सूर्योदय नगरपालिका र इलामको निम्ति सद्भावना दूत बन्न सक्ने कुरा राख्नुभो,’ राईले लेखेका छन् ।

राजदूत भोल्कले कन्याम चिया बगान भ्रमणका क्रममा जातिय पोशाक पहिरिएर फोटो सेसन पनि गरेकी छन् । भ्रमणका क्रममा उनले नगरपालिका वालमैत्री वातावरणका लागि नमुना रहेको उल्लेख गर्दै लैङ्गिक हिंसारहित परियोजनाका लागि सहकार्य गर्ने उल्लेख गरिन ।

जलवायु परिवर्तन, लैंगिक समानता, पछाडि परेका वर्गहरुको उत्थान र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अष्ट्रेलियाले काम गरिरहेको छ । अष्ट्रेलिया सरकार र नेपालका केही पालिकाको सहकार्यमा दिगो परियोजनाहरु संचालित छन् । स्थानीय सरकार सबलीकरण कार्यक्रममा अष्ट्रेलियाले सहकार्य गरेको छ ।

तपाइँको प्रतिक्रिया