शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:४२ |सिड्नीको समय: १४:४२ |काठमाडौंको समय: १०:२७

अष्ट्रेलियामा सगरमाथा एवम हिमाल आरोहीहरुलाई सामूहिक अभिनन्दन

एएनजेड खबरडिसेम्बर १२, २०२३

सिड्नी । सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्ने ३७ जनालाई अष्ट्रेलियास्थित नेपाली दूताबास क्यानबेराले एक भब्य समारोहबीच सम्मान एवम अभिनन्दन गरेको छ । अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा दूतावासले उनीहरुलाई सम्मान गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले हिमालय र हिमालसहित नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा प्रष्ट पार्दै सम्मानित हुनेहरु सबैलाई बधाई दिए । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको वीरतापूर्ण उपलब्धि हासिल गरेकोमा प्रशंसा गर्दै राजदूत पोखरेलले अष्ट्रेलियामा नेपालका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको प्रतिक्रिया दिए ।

‘माउन्ट एभरेष्ट समिटर्स’ शिर्षक दिइएको कार्यक्रम अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँगको सहकार्यमा भएको हो । समारोहमा अष्ट्रेलियाका सगरमाथा आरोही, अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव, अष्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रतिनिधि, र रिच फर नेपाल, अष्ट्रेलियाली सञ्चारमाध्यम तथा नेपाली समुदायका व्यक्तिहरुको उपस्थिति थियो ।

पहिलो अष्ट्रेलियाली सगरमाथा आरोही ग्रेग मोर्टिमरले सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउँदै सबै पर्वतारोहीलाई एकै ठाउँमा भेला गरेर अभिनन्दन गरेकोमा दूताबासप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा पाँच पटक सगरमाथा आरोहण गरेका लाक्पा शेर्पा, अष्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख एन्ड्रयु जज, कान्छा आरोही अष्ट्रेलियन नागरिक गेब्रियल कानिजे साथै एडमन्ड हिलारीका नाती जर्ज हिलारीलगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया